• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली ★   वीरगञ्जमा सिद्धार्थ बैंकमा भीषण आगलागी ★   ओलीसँगको भेटबारे देउवाको ब्रिफिङ: हाम्रो सम्बन्ध सकारात्मक र सुमधुर छ ★   रोहितको सन्याससँगै को बन्ला भारतको नयाँ टी–२० कप्तान ? ★   प्रधानमन्त्री र मन्त्रीहरु फेर्नका लागि मात्रै दुई प्रमुख दल मिल्ने कुरा संर्किण: काँग्रेस सांसद ★   सत्ता समिकरण फेरबदलको चर्चाबारे गृहमन्त्री– हल्ला मात्रै हो, मलाई थाहा छैन ★   किसानलाई आत्मनिर्भर बनाउन पाँच हजार बिरुवा वितरण ★   म्याग्दीका किसान टिम्मुर खेतीतर्फ आकर्षित ★   न्यायिक प्रणालीको विकास, समयको आवश्यकता र औचित्यताका आधारमा बजेट वितरण भएको छ: अर्थमन्त्री पुन

क्यानडामा गोली चल्दा दुई जनाको मृत्यु



एजेन्सी । क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तको लाङ्ली सहरमा विभिन्न ठाउँमा गोली चल्दा दुई सर्वसाधारणको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

प्रहरीले आक्रमणकारीलाई पनि मारेको छ । क्यानडाको समय अनुसार सोमबार बिहान यो घटना भएको हो । नेपाल र क्यानडाबीच ९ः४५ घण्टाको अन्तर छ । अर्थात् नेपाली समय अनुसार सोमबार बिहान ९ः४५ देखि ३ः४५ बजेको बीचमा यो घटना भएको हो ।

प्रहरीका अनुसार भ्यानकुभर नजिकैको ल्याङ्ली सहरमा आइतबार–सोमबारको मध्यरातमा गोलीबारी सुरु भएको थियो । एक आक्रमणकारीले राति १२ बजेदेखि बिहान ६ बजेसम्म सहरका करिब ५ स्थानमा घरबारविहीन मानिसहरूलाई निशाना बनाएका थिए ।

आक्रमणकारीले चार जनालाई गोली हाने, जसमध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो, जबकि एक पुरुष र एक महिला गम्भीर घाइते भएका थिए । महिलाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।