२१ आश्विन २०८१, सोमबार
,
Latest
बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु सनथ जयसूर्या श्रीलंकाको मुख्य प्रशिक्षकमा नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

शनिबारदेखि चन्द्रागिरिमा जीपलाइन सञ्चालनमा आउने



अ+ अ-

काठमाडौँ । काठमाडौँको चन्द्रागिरिमा यही भदौ १९ (भोलि)देखि जीपलाइन सञ्चालनमा ल्याइने भएको छ । चन्द्रागिरि हिल्स लिमिटेडको लगानीमा स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर नेपालकै सबैभन्दा उच्च स्थानमा जीपलाइन सञ्चालनमा ल्याउन लागेको हो । 

चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक बिक्रम शाहले भालेश्वर मन्दिर नजिकदेखि खेल मैदानसम्म १०० मीटर जीपलाइन सञ्चालनमा ल्याउन लागेको राससलाई जानकारी दिनुभयो । 

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि झण्डै पाँच महिनादेखि बन्द रहेको चन्द्रागिरि सरकारले निशेषधाज्ञा पूर्णरूपमा हटाएसँगै खुला गरिएको हो । 

निशेषधाज्ञा हटेसँगै चन्द्रागिरि केवलकारसमेत पूर्णरूपमा सञ्चालन आउने भएको छ । यसअघि रिसोर्ट जाने पाहुनालाई मात्र केवलकारको सेवा प्रदान गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले शनिबारदेखि स्वदेशी तथा विदेशी पर्यटकसमेतलाई केवलकारले सेवा प्रदान गर्ने महाप्रबन्धक शाहले बताउनुभयो । 

“कोरोना महामारीका कारण बन्द रहेको केवलकार भोलिदेखि पूर्णरूपमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालनमा ल्याउन लागेका छौँ”, उहाँले भन्नुभयो । केवलकारमा यात्रा गर्ने यात्रु तथा पर्यटकलाई स्वास्थ्य सुरक्षाका नियम अनिवार्य पालना गर्न अनुरोध समेत गरेको छ । 

ऐतिहासिक र धार्मिक महत्व बोकेको भालेश्वर मन्दिर दर्शन गर्न नेपाल, भारत र विभिन्न देशका पर्यटक चन्द्रागिरि पुग्ने गरेका छन् । पछिल्लो समय चन्द्रागिरि आन्तरिक तथा बाह्य पर्यट्रकका लागि महत्वपूर्ण गन्तव्यस्थल बनिरहेको छ ।