१३ भाद्र २०८३, शनिबार
,
Latest
नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् वरिष्ठ देउडा गायक हरिश्चन्द्र कडायत



अ+ अ-

बझाङ । वरिष्ठ लोकदेउडा गायक हरिश्चन्द्र कडायतको निधन भएको छ । ५४ वर्षीय उनको बुधबार बिहान धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

२०५० सालदेखि नै गायन क्षेत्रमा प्रवेश गरेका सुमधुर स्वरका धनी कडायतले एक सयभन्दा बढी देउडा गीतमा स्वर दिएका छन् । उनले ‘कर्णालीका भेल’, ‘लंकाभरि सुन छ’, ‘ल बिणी खान्या की’, ‘बझाङी काल्या’, लगायत सुदूरपश्चिम र कर्णालीमा चर्चित देउडा गीतमा आवाज दिएका थिए ।

गत हप्ता मस्तिष्कघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नभएपछि उनलाई धनगढीस्थित नवजीवन अस्पताल बाट सेती प्रादेशिक अस्पतालमा रिफर गरिएको थियो ।

उनको आजै धनगढीस्थित मोहना नदीमा दाहसंस्कार गरिने उनका आफन्तले जानकारी दिए ।