६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् वरिष्ठ देउडा गायक हरिश्चन्द्र कडायत



अ+ अ-

बझाङ । वरिष्ठ लोकदेउडा गायक हरिश्चन्द्र कडायतको निधन भएको छ । ५४ वर्षीय उनको बुधबार बिहान धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

२०५० सालदेखि नै गायन क्षेत्रमा प्रवेश गरेका सुमधुर स्वरका धनी कडायतले एक सयभन्दा बढी देउडा गीतमा स्वर दिएका छन् । उनले ‘कर्णालीका भेल’, ‘लंकाभरि सुन छ’, ‘ल बिणी खान्या की’, ‘बझाङी काल्या’, लगायत सुदूरपश्चिम र कर्णालीमा चर्चित देउडा गीतमा आवाज दिएका थिए ।

गत हप्ता मस्तिष्कघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नभएपछि उनलाई धनगढीस्थित नवजीवन अस्पताल बाट सेती प्रादेशिक अस्पतालमा रिफर गरिएको थियो ।

उनको आजै धनगढीस्थित मोहना नदीमा दाहसंस्कार गरिने उनका आफन्तले जानकारी दिए ।