२१ आश्विन २०८१, सोमबार
,
Latest
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

वामदेव गौतमले त्यागे एमाले



अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले पार्टी परित्याग गरेका छन् । उनले एमालेको सबै पदबाट राजीनामा दिएको पत्र आफ्नो स्वकीय सचिवमार्फत कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाउँदै एमाले परित्याग गरेको घोषणा गरेका हुन् । 

नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा चयन भएका गौतम नेकपा एकीकरणपछि पनि उपाध्यक्ष बनेका थिए ।उनी नेकपा विभाजनपछि दुवै पक्षमा नलागी एकता अभियान चलाउँदै आएका थिए ।

एमाले ब्युँतिएपछि केही बैठकहरुमा भाग लिएका गौतमले पछिल्लो समय माधव नेपालले एमाले विभाजन गरेपछि नयाँ पार्टीमा लाग्ने घोषणा गरेका थिए । तर एकीकृत समाजवादीले जनताका बहुदलीय जनवाद छाडेको भन्दै उनले माधव नेपालसँग जवाफ मागेका छन् ।

२०५४ सालमा एमाले फुटाई नेकपा माले गठन गरेका गौतमले २५ वर्षपछि पुनः एमाले परित्याग गरेका छन् ।