२१ आश्विन २०८१, सोमबार
,
Latest
बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु सनथ जयसूर्या श्रीलंकाको मुख्य प्रशिक्षकमा नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशी लगानी विरूद्ध धम्कीपूर्ण अभिव्यक्ति दिए कारबाही गर्ने गृह मन्त्रालयकाे चेतावनी



अ+ अ-

काठमाडाैंः

गृह मन्त्रालयले विकास आयोजना कार्यान्वयनमा असुरक्षा महसुस हुने तथा मित्रराष्टसँगको सम्बन्धमा नै आँच आउने कुनै पनि गतिविधि नगर्न सर्वसाधारण सबैसँग अनुरोध गरेको छ ।

पछिल्ला दिनहरुमा मित्रराष्टहरुको सहयोगमा संचालित विकास आयोजना, त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तिलाई लक्षित गरी प्रत्यक्ष वा परोक्ष रुपमा सञ्चार माध्यम र सामाजिक सञ्जालमा नकारात्मक टिकाटिप्पणी गर्ने, धम्कीपूर्ण अभिव्यक्ति दिने जस्ता गतिविधिहरु प्रति नेपाल सरकारको ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ ।

आज साँझ गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, त्यस्ता अभिव्यक्ति र गतिविधिहरुको मन्त्रालयले सूक्ष्म रुपमा निगरानी राख्ने, विश्लेषण गर्ने र त्यस्ता गतिविधि उपर प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने छ ।

हालैका दिनहरुमा अमेरिकी सहयोगमा संचालनमा आउन लागेको विवादास्पद मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयलाई लिएर राजनीतिक दल एवं अन्य कतिपय व्यक्तिले सामाजिक संजाल मार्फत टिप्पणीहरु गरिरहेका छन् । खासगरी एमसीसीका उपाध्यक्षको नेपाल भ्रमणको पूर्वसन्ध्यामा एमसीसी लक्षित कडा टीकाटिप्पणी भइरहेका छन् ।