२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट News Polar कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छ : कांग्रेस महामन्त्री राणा News Polar जापानसँग उच्चस्तरीय भ्रमणको पहल गर्छु : प्रस्तावित राजदूत थापा News Polar सम्यक महादानको तयारी तीव्र, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar कांग्रेसको दलिततर्फ प्रकाश रसाईली स्नेही अगाडि, दलित महिलामा सीता मिजार र खुलामा डा. डिबी सुनारको अग्रता News Polar म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँः मञ्चलाकुमारी झा News Polar ४७ प्रकारका इम्युनोसप्रेसेन्ट औषधिको उत्पादन तथा पैठारी अनुमति खारेज News Polar मलेसियाका लागि प्रस्तावित राजदूत खरेलमाथि आर्थिक अनियमितता र स्वार्थको द्वन्द्वको आरोप News Polar मलेसियाका लागि प्रश्तावित राजदुत खरेलको सुनुवाईमा प्रश्नः संसदीय समितिले प्रक्रिया रोकेर अध्ययन थाल्यो

नेपाल सरकारद्वारा एमसीसीका विवादित बुँदा स्पष्ट गर्न एमसीसीसँग पत्राचार

नेपाल सरकारद्वारा एमसीसीका विवादित बुँदा स्पष्ट गर्न एमसीसीसँग पत्राचार
अ अ+ अ-

काठमाडौँ : अमेरिकाले अघि सारेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का सन्दर्भमा नेपाल सरकारले आफूहरुसँग थप प्रस्टताका लागि पत्र प्राप्त भएको नेपालस्थित अमेरिकी दुतावासले पुष्टि गरेको छ ।

नेपालस्थित अमेरिकी दूतावासका एक अधिकारीका अनुसार, एमसीसीका सन्दर्भमा अर्थ मन्त्रालयले पठाएको पत्र एमसीसीले प्राप्त गरेको र त्यसमा पूर्वाधारसँग सम्बन्धित अनुदानका बारेमा केही प्रश्नहरुको प्रस्ट बनाउन अनुरोध गरिएको छ । सन् २०१७ मै हस्ताक्षर भएको सम्झौताका बारेमा उठेका प्रश्नको जवाफ दिन एमसीसी तत्पर रहेको र जतिसक्दो चाँडो नेपाल सरकारलाई जवाफ दिइने दूतावासका अधिकारीको भनाई छ । “सम्झौता अनुमोदनका प्रक्रियामा यो निकै सकारात्मक कदम हो र यसले नेपाली जनतासँग खुला एवं पारदर्शी संवादका लागि एमसीसी सदैब इच्छुक रहेको दर्शाउँछ ।”

यद्यपी अमेरिकी अधिकारीहरूले अर्थ मन्त्रालयका चासोका प्रश्नका बारेमा केही बताएका छैनन् ।

सरकारले एमसीसीसँगको सम्झौतामा उठिरहेका विवादित विषयहरुबारे स्पष्ट पार्न अमेरिकालाई पत्राचार गरेको समाचार बाहिरिएसँगै अमेरिकी अधिकारीको भनाइ बाहिर अएको हो । अर्थ मन्त्रालयले शुक्रबार नेपालस्थित अमेरिकी राजदूतावासमार्फत एमसीसी मुख्यालयलाई पत्राचार गरेको हो ।

अर्थका उच्च अधिकारीहरूका अनुसार, पत्रमा एमसीसी अमेरिकाले अघि सारेको ‘इन्डो–प्यासिफिक रणनीति’ अन्तर्गत पर्छ कि पर्दैन, एमसीसी अन्तर्गत नेपालमा सुरक्षा प्रभाव हुन्छ कि हुँदैन, परियोजनाको लेखापरीक्षण नेपालबाट कि अमेरिकाबाट हुने, नेपालको संविधान र कानुनभन्दा माथि यो सम्झौता रहने कि नरहने भन्ने कुरा स्पष्ट पारिदिन अनुरोध गरिएको छ ।

एससीसी उपाध्यक्ष फातेमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स अर्को साता नेपाल आउने तयारी छ । त्यसअघि एमसीसीका बारेमा उठेका विषयमा स्पष्ट पार्ने गरी सरकारले एससीसी मुख्यालयलाई पत्राचार गरेको हो ।

एमसीसीका उपाध्यक्षको नेपाल भ्रमणकै पूर्वसन्ध्यामा अमेरिकी दूतावास अघिल्तिर शुक्रबार बिहान केही युवाले एमसीसी खारेज हुनुपर्ने भन्दै प्रदर्शन गरेका थिए । प्रमुख राजनीतिक दलहरू भित्र पनि एमसीसीका विषयमा मतभिन्नता रहेको छ ।

नेपाल सरकार र एमसीसीबीच सन् २०१७ मा भएको यो सम्झौता अनुसार नेपालले उर्जा र सडक सम्बन्धी परियोजनाका लागि करिब ५५ अर्ब रूपैयाँ अनुदान अनुदान पाउने छ । नेपालको पछिल्ला विकास प्रकृयामा यतिठूलो अनुदान कुनै पनि मुलुकबाट प्राप्त भएको छैन ।