४ भाद्र २०८३, बिहीबार
,
Latest
अख्तियारलाई राजनीतिक दलका नेता र प्रधानमन्त्रीले आफूअनुकूल चलाउन खोजेः सांसद सिंह नीतिगत भ्रष्टाचार र अख्तियारको निष्क्रियताप्रति नेता शाहीको आक्रोशः संविधान र ऐन संशोधनको प्रश्ताव अध्यक्ष राईको प्रश्नः कार्यकारी प्रमुखबाटै अधिकारको दुरुपयोग भए कारबाही गर्ने निकाय कुन हो ? अख्तियारको स्वायत्तता र सुशासनमा राज्यका तीनै अङ्ग जिम्मेवार हुनुपर्छः मुख्य सचेतक दुलाल कारबाही अघि बढाउँदा पदाधिकारीहरूलाई दबाबमा राख्नु खेदजनकः अर्जुननरसिंह केसी विधायिकी अभ्यासमा स्थानीय तहलाई मार्गदर्शन गर्नुपर्नेमा जोड बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल राप्रपा विवादकै बीच किरण थापा मगरले लिए मुख्यमन्त्रीको शपथ बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वीडेनलाई हराउँदै इंग्ल्यान्ड युरोकपको फाइनलमा



अ+ अ-

एजेन्सी । घरेलु टोली इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ ।

गएराति ब्रामल लेन सेफिल्डमा भएको सेमिफाइनल खेलमा स्वीडेनलाई ४–० ले पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा प्रवेश गर्न सफल भएको हो ।

इंग्ल्यान्डलाई फाइनलमा पुर्याउन बथ मिडले ३४, लुरी ब्रन्जले ४८, एलेसिया रुसोले ६८ र फ्रान किर्विले ७६ औं मिनेटमा गोल गरे । पहिलो हाफमा १–० को अग्रता लिएको इंग्ल्यान्डले दोस्रो हाफमा तीन गोल थपेको थियो ।

महिला युरोको इतिहासमा इंग्ल्यान्ड तेस्रोपटक फाइनलमा प्रवेश गरेको हो । यसअघि इंग्ल्यान्ड सन् १९८४ र २००९ मा फाइनलमा प्रवेश गरेको थियो ।

तर, इंग्ल्यान्ड पहिलो संस्करणमा स्वीडेनसँग टाइब्रेकरमा ४–३ ले तथा २००९ मा जर्मनीसँग ६–२ ले पराजित हुँदै उपाधिजित्न बञ्चित भएको थियो ।

अब इंग्ल्यान्डको उपाधिको लागि जर्मनी र फ्रान्सबीचको विजेतासँग आगामी आइतबार प्रतिस्पर्धा गर्नेछ । यि दुई टोली आज मध्यरातमा फाइनल प्रवेशका लागि भिड्दैछन् ।




भर्खरै