२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विङ्गरले अटोलाई ठक्कर दिँदा ३ जनाको मृत्यु, ४ घाईते



अ+ अ-

कैलाली । कैलालीमा यात्रुवाहक विईङ्गरले अटोलाई ठक्कर दिदाँ ३ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।  

शुक्रबार राति करिब ११ बजे म १ ज ३१९ नम्बरको विईङ्गरले पूर्वबाट पश्चिमतर्फ गइरहेको से १ ह २५१० नम्बरको अटोलाई ठक्कर दिएको प्रहरीले जनाको हो । 

दुर्घटना भएको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर अटोमा सवार ७ जना घाईतेलाई तत्काल उपचारका लागि सेति प्रादेशिक अस्पताल धनगढी पठाएकोमा ३ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मृत्यु हुनेमा कैलाली घोडाघोडी नगपालिका ९ बस्ने २४ वर्षिय युवराज चौधरी, सोही ठाउँका २६ वर्षीय भिगम चौधरी र १९ वर्षिय जितेन चौधरी छन्।

यस्तै घाईते हुनेहरुमा कैलाली घोडाघोडी नगरपालिका ९ बस्ने २४ वर्षिय दिपेन्द्र चौधरी, अटो चालक २२ वर्षिय सुरेश चौधरी, २० वर्षिय असान्त चौधरी र ३० वर्षिय हरी चौधरी छन्। 

घाईते ४ जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।

यस्तै विईङगर सहचालक कञ्चनपुर बेदकोट नगरपालिका १० का २५ वर्षिय धनु रावल सामान्य उपचार पछि प्रहरी नियन्त्रणमा छन्।

विईङगरमा चालक र सहचालक मात्र रहेको र विङगर चालक फरार रहेको भन्दै प्रहरीले खोजी तिब्र पारेको छ।