१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नेपाल–चीन सीमा क्षेत्रमा बाढीको जोखिम कायमै, चिनियाँ दूतावासद्वारा उच्च सतर्कता अपनाउन आग्रह प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन काठमाडौं–धुन्चे सडकखण्ड ४ चक्के सवारीसाधनका लागि सुचारु, रसुवा पुनः सडक सञ्जालसँग जोडियो नेपाल–चीन सम्बन्ध बिगार्ने गरी ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप ‘र्‍युमर’ मात्र होः रेग्मी रसुवा बाढी : ४० विदेशी नागरिकसहित ७०६ जनाको उद्धार भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू रसुवा बाढी उद्धारमा विदेशी टोली नबोलाएकोबारे सरकारको स्पष्टीकरण : ‘राष्ट्रिय क्षमतामै भर पर्नु स्वाभाविक’ भोटेकोशी बाढीः १०२ शवको डीएनए परीक्षण र पहिचान प्रक्रिया पोखरामा शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रम र कलमजीवीका पक्षमा काम गर्छुः अध्यक्ष लम्साल



अ+ अ-

चितवन । नेपाल प्रेस युनियनका नवनिर्वाचित अध्यक्ष शिव लम्सालले श्रमजीवी र कलमजीवीका पक्षमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा उहाँले नेपालमा पत्रकारिता क्षेत्रमा देखिएको समस्या समाधान गर्दै श्रमजीवी र कलमजीवीको पक्षमा लाग्ने बताउनुभयो ।

पत्रकारको उन्नतिको बाटो पहिल्याउने गरी काम गर्ने जनाउँदै लम्सालले पत्रकारको आर्थिक, सामाजिकलगायतका पक्षमा सवलीकरण गर्न नेतृत्व गर्ने बताउनुभयो । प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको लडाइँमा प्रेस युनियन सधैँ अग्रमोर्चामा रहने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “२०४८ मा गठन हुँदा लोकतन्त्र बचाउने प्रयोजन थियो, अहिले पत्रकारको उन्नति प्रगतिका बाटो पहिल्याउनुपर्ने देखिएको छ, विगतका अधुरा काम पूरा गर्ने चुनौती छन्, हामी देशकै बलियो र असल सङ्गठनका रुपमा विकास गर्नेछौँ ।”

कार्यक्रममा नवनिर्वाचित उपाध्यक्ष नकुल अर्याल, महासचिव दिलीप पौडेल, युनियनका निवर्तमान वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाललगायतले बोल्नुभएको थियो । सो अवसरमा नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष, महासचिव तथा केन्द्रीय सदस्यलाई जिल्ला शाखाले सम्मान गरेको हो ।




भर्खरै