२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट News Polar कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छ : कांग्रेस महामन्त्री राणा News Polar जापानसँग उच्चस्तरीय भ्रमणको पहल गर्छु : प्रस्तावित राजदूत थापा News Polar सम्यक महादानको तयारी तीव्र, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar कांग्रेसको दलिततर्फ प्रकाश रसाईली स्नेही अगाडि, दलित महिलामा सीता मिजार र खुलामा डा. डिबी सुनारको अग्रता News Polar म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँः मञ्चलाकुमारी झा News Polar ४७ प्रकारका इम्युनोसप्रेसेन्ट औषधिको उत्पादन तथा पैठारी अनुमति खारेज News Polar मलेसियाका लागि प्रस्तावित राजदूत खरेलमाथि आर्थिक अनियमितता र स्वार्थको द्वन्द्वको आरोप News Polar मलेसियाका लागि प्रश्तावित राजदुत खरेलको सुनुवाईमा प्रश्नः संसदीय समितिले प्रक्रिया रोकेर अध्ययन थाल्यो

नेपालगञ्ज बजारमा जुम्लाको अर्गानिक स्याउ

नेपालगञ्ज बजारमा जुम्लाको अर्गानिक स्याउ
अ अ+ अ-

बाँके । अर्गानिक मानिने भएकाले नेपालगञ्जमा अहिले जुम्लाको स्याउले राम्रो बजार लिएको छ । नेपालगञ्जमा अहिले जुम्लाको स्याउ मात्रै बिक्री भइरहेको छ । चीन र भारतको स्याउको बढी खपत हुने नेपालगन्जमा अहिले जुम्लाको स्याउ धेरै देखिन्छ । 

नेपालगञ्जका फलफूल व्यापारी अहिले जुम्लाको स्याउ बिक्रीमा व्यस्त छन् । जुम्लामा मोटर बाटो पुगेकाले अहिले सडकबाटै स्याउ ल्याउँदा सस्तो पर्ने गरेको छ । अहिले सुरुआती चरण भएकाले दैनिक दुई–तीन ट्रक स्याउ आउने गरेको व्यापारी बताउँछन् । नेपालगञ्जस्थित गुरुद्वारा रोडमा रहेको नेपाल फलफूल साग सब्जीको थोक मण्डीमा स्याउ आउने गरेको छ । मण्डीबाट फुटकर बिक्रेताले किनेर बजारमा बिक्री गरिरहेका छन् ।

नेपालगञ्ज बजारमा जुम्लाको स्याउ भर्खर आउन सुरु भएको हो । जुम्लाको स्याउसँगै नेपालगञ्ज बजारमा भारत र चीनको स्याउ पनि बिक्री हुने गरेको छ । जुम्लाको स्याउले नेपालगञ्जमा राम्रो बजार लिएपछि जुम्लाका किसानलाई पनि राम्रो फाइदा पुगेको छ । नेपाल फलफूल सागसब्जी व्यवसायी सङ्घ नेपालगञ्जका सदस्य मेराइलाल साहु भन्नुहुन्छ, “जुम्लाबाट अहिले एकै जातको स्याउलाई तीन वर्गमा विभाजित गरी नेपालगन्ज पठाउने गरिएको छ ।”

नेपालगञ्ज आएका जुम्लाको स्याउ यहाँबाट बर्दिया र कैलालीसम्म पु¥याउने गरिएको छ । नेपालगञ्ज बजारमा अहिले जुम्लाको स्याउ रु १०० देखि १५० प्रतिकिलो बिक्री हुने गरेको फलफूल व्यापारी मोहम्मद नसिमले बताउनुभयो । जुम्लाको स्याउ स्वादिलो र अर्गानिक हुने भएकाले पाएसम्म स्याउ पारखीले जुम्ली स्याउ नै रोज्दछन् ।