८ पुष २०८२, मंगलवार
,
Latest
सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल भद्रकाली पुनःनिर्माणको अनुगमन, समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डंगोलको भनाइ ‘टाइगर कप’ भलिबल माघ ९ देखि, तयारी तीव्र राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता सुनिश्चित हुन्छः मन्त्री खरेल बागमती प्रदेश सरकारद्वारा अस्पताल अनुगमन अभियान सुरु हुथी र यमन सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति सन् २०२५ मा विश्वलाई हल्लाएका तीन ठूला घटना नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

दम्पत्ति हत्या प्रकरणः दाइ र भाउजूको मिलेमतोमै घटना घटाइयो



अ+ अ-

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका–१४ ओढारपुरका गडरिया दम्पतीको हत्या भएको पुष्टि भएको छ ।

इलाका प्रहरी कार्यालय, कोहलपुरले आज पत्रकार सम्मेलनको आयोजना गरी कृष्ण गडरिया र उनकी श्रीमती अञ्जली गडरियाको हत्या दाइ र भाउजूको मिलेमतोमा भएको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार कृष्णका दाइ विजय र भाउजूू रेखाले भारतबाट दुईजना कन्ट्रयाक किलर (हत्यारा)लाई बोलाएर कृष्ण र अञ्जलीको हत्या गरिएको हो । कृष्ण र अञ्जलीको हत्या गर्न भारतबाट दुई जनालाई रु ५०÷५० हजार दिएर बोलाइएको थियो । गए राति ११ देखि १२ बजेको बीचमा कृष्ण र अञ्जलीको हत्या भएको प्रहरीले जनाएको छ ।

भाइ र बुहारीको हत्या गर्न विजयले दुई जना भारतीयलाई केही दिनअघि कृष्ण र अञ्जली सुत्ने ठाउँ, जाने बाटो, ढोकालगायतको भिडियो बनाएर दिएका थिए । दुई जनाको हत्या हुँदा माथिल्लो तलामा विजय र रेखा रहेको भनिए पनि हत्या हुँदा विजय तल नै रहेको प्रहरीको दाबी छ । घटनास्थलमा गोलीको खोकासमेत फेला परेको छ । दुवै दाइ र भाउजूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।