२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष ओली अस्वस्थ



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएका छन् ।

ओलीलाई स्वास्थ्यमा समस्या आएपछि शनिबारका औपचारिक कार्यक्रम र भेटघाट स्थगित गरिएको छ ।

ओलीका प्रेस संयोजक रामशरण बजगाईंका अनुसार ओलीलाई हल्का ज्वरो आएको छ । 

पछिल्लो समयमा निकै धपेडीमा रहेकोले ज्वरो आएको हुनसक्ने  बजगाईंले जनाएका छन् । 

शनिबार नेकपा (एमाले) काठमाडौं महानगर कमिटीले आयोजना गरेको महानगरस्तरीय बृहत् कार्यकर्ता भेलालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।