९ असार २०८३, मंगलवार
,
Latest
सम्पत्ति शुद्धिकरण बिभागमा पूर्वअर्थमन्त्री पौडेललाई गराइयो उपस्थित पूर्वअर्थमन्त्री पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन काठमाडौँका ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस जडान मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ मनसुन सक्रिय, तर तराईमा तातो लहरको जोखिम अझै कायम रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० बुँदे कार्यान्वयन गर्दै एमाले गण्डकी



अ+ अ-

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश संगठन कमिटीले पार्टी एकता र सुदृढीकरणका लागि १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न अघि बढेको छ । 

कमिटीको शुक्रबार बसेको बैठकले जिल्लाका कमिटीहरुलाई पनि १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

१० बुँदे प्रस्ताव अनुसार एमालेका नेता कार्यकर्ताहरुको २०७५ जेठ २ को अवस्थाकै जिम्मेवारीमा हुन्छन् । प्रदेश संगठन कमिटीमा पनि सोही बेला संयोजक रहेका किरण गुरुङले जिम्मेवारी सम्हालेका छन् । 

प्रदेश संगठन कमिटीले जिल्ला कमिटीहरुलाई लेखेको परिपत्रमा भनिएको छ, ‘पार्टीको पक्षमा रहेर क्रियाशील हुने प्रदेश कमिटी, जिल्ला कमिटी लगायत सबै स्थानीय तहका पार्टी कमिटी र जनसंगठनका सबै तहका पदाधिकारीहरु र सदस्यहरुलाई पार्टीको एकता र जीवन्ततालाई ध्यान दिँदै एकीकरणको महान् कार्य र भावनामा चोट नपर्ने गरी एकीकरण पूर्वको स्थिति अर्थात २०७५ साल जेठ २ गतेको अवस्थामा फर्किएको यथार्थतालाई समेत ध्यानमा राखी काम गर्न निर्देशित गर्ने निर्णय भएको छ ।,’  

यस्तै अगाडि भनिएको छ, '२०७७ फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि नेकपा एमालेमा रहने कमरेडहरुको निर्णयलाई स्वागत गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा रहँदा प्रदेश तथा मातहत कमिटीमा रहनुभएकालाई सोही कमिटीको सदस्यको जिम्मेवारी निर्धारण गरिएको छ ।’

बैठकले गण्डकीका ११ वटै जिल्लाहरुमा अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय पनि गरेको छ । 

बैठकले निस्काशन तथा अभिलेखवाट नाम हटाउने सम्बन्धमा आवश्यक निर्णय लिन, सचिवालय विस्तार, प्रदेश कमिटीमा मनोनयन, प्रदेश कमिटीका निकाय र विभागलाई पूर्णता दिने सम्वन्धमा आवश्यक निर्णय लिन सचिवालयलाई अख्तियारी प्रदान गरेको छ ।

पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन र विभाजनकारी गतिविधिको सशक्त विरोध गर्न गण्डकी प्रदेशका पार्टीका सम्पूर्ण नेता र कार्यकर्ताहरुलाई बैठकले आह्वान गरेको छ ।