काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल नेतृत्वको दलमाथि व्यङ्ग्य गर्दै ओलीले कटाक्ष गरेका छन् ।
शनिवार काठमाडौंमा आयोजित कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टी नफुटेर चोइटिएको मात्र बताउँदै माधव नेपाललाई व्यंग्य गरेका हुन् ।
ओलीले भने, 'पार्टीको नाम एस पार्टी रे,' माधवकुमार नेपाल नेतृत्वको दलमाथि व्यङ्ग्य गर्दै ओलीले कटाक्ष गरे, 'त्यो कांग्रेसको एस पार्टी हो। माधव नेपालजस्तो यतिसम्म लाज शरम पचेको मान्छे जिन्दगीमा कहीँ पनि देखेको थिइन्। नेपाल मात्र होइन, दुनियाँका धेरै देशमा म पुगेँ। तर माधव नेपालजस्तै शरम पचेको मान्छे कहीँ देखिन,'
यस्तै ओलीले माधव नेपाल समूहले स्वार्थका लागि नयाँ पार्टी खोलेको समेत ओलीको आरोप लगाए ।
अहिलेको सरकारको कुनै विचार र उद्देश्य समेत नमिल्ने ओलीको दावी थियो।











