२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा र प्रचण्डलाई प्रश्न गर्दै ओलीले भने, ‘एमसीसी के गर्ने हो ?’



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसीसी सम्झौंताबारे सरकारको धारणा स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग माग गर्नु भएको छ । 

पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले काँग्रेस र माओवादी केन्द्र मिलेर एमसीसी सम्झौंता गरेको उल्लेख गर्दै अहिले चुपचाप बसिरहेकोमा आपत्ति जनाउनु भयो । नेकपा एमाले काठमाडौं महानगर कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको बृहत कार्यकर्ता भेलामा बोल्दै उहाँले एमसीसी झुक्यायर पास गर्ने प्रयास नगर्न पनि सरकारलाई सचेत गराउनु भयो । अध्यक्ष ओलीले एमसीसीबारे के गर्ने हो ? भनेर सरकार र सत्तारुढ गठबन्धनलाई पटक–पटक प्रश्न समेत गर्नु भयो । 

उहाँले चीनसँग हुँदै नभएको सीमा विवाद छ भनेर कसलाई खुसी पार्न खोजेको भनेर सरकारलाई चेतावनी दिनु भयो । अध्यक्ष ओलीले भन्नु भयो, ‘अहिले तपाईहरुले देख्नु भएको छ । अव चीनसँग कुनै सीमा विवाद छदै छैन । कसलाई खुसी पार्नका लागि चीनसँग सीमा विवाद भनेर समिति बनाउनु प¥यो ? कसलाई खुसी पार्न ? चीनसँग सीमा विवाद छैन । यो सरकारलाई म चुनौति दिएर भन्न चाहन्छु–यो समितिले सीमा विवाद कुनै ठाउँमा देखाओस् । सीमा विवाद छैन । कसलाई खुसी पार्न । भारतसँगको सम्बन्धमा तनावग्रस्त बनाउँदै लगेको छ । चीनसँगको सम्बन्धमा तनावग्रस्त बनाउँदै लगेको छ । यिनै मान्छेहरु हुन । काँग्रेस र माओवादी भएका बेला एमसीसी गरे । अहिले एमसीसी बोल्दैन । झुक्याएर पास गर्न खोज्या होला । बोल्दैनन् । के गर्ने हो ? भन्दैनन् । जनताका अगाडि यिनीहरुले गरेको एमसीसी के भन्छन त ? भन्नु पर्दैन । शेरबहादुर देउवाजीले भन्नु पर्दैन ? एमसीसी के गर्ने ? अनि प्रचण्डजीले बोल्नु पर्दैन । हिजो साईन गर्नु भएको थियो त । के गर्ने एमसीसी ? उहाँहरु चुपचाप हुनुहुन्छ ।’

अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले शिलान्यास गरेर अगाडि बढाएको सडकहरुको ठेक्का रद्ध गर्ने काम गरेर वर्तमान सरकारले विकास विरोधी आफ्नो चरित्रलाई देखाएको आरोप समेत लगाउनु भयो ।

अध्यक्ष ओलीले एमालेसँग एक्लै चुनाव लड्न आउने दलहरुको जमानत जफत हुने दावी समेत गर्नु भयो । सत्तारुढ गठबन्धन मोर्चाबन्दी गरेर चुनाव आउने कुरा आफूले सुनेको उल्लेख गर्दै उहाँले जमानत जोगाउन पनि आफ्नो पार्टीसँग मिलेर चुनाव लड्न आउन सत्तारुढ गठबन्धन दललाई चुनौति दिनुभयो । उहाँले उच्च मनोबलका साथ एकतावद्ध भएर आगामी निर्वाचनमा विजयी हुने गरी निर्वाचनको तयारीमा जुटन पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गर्नु भयो । 

अध्यक्ष ओलीले भन्नु भयो, ‘उहाँहरुले मोर्चा कसेर एमालेसँग चुनाव लडछौ भन्नु भएको छ । राम्रो आईडिया । एक्लाएक्लै चुनावमा आए हरेकको जमानत जफत हुन्छ । एमालेसँग चुनाव लडन एक्लाएक्लै आउने आँट नगर्नू । भनि दिएको छु मैले पनि–खुलस्त भनेको छु–एक्लाएक्लै चुनावमा लडन आयो भने जमानत जफत हुन्छ । आँट नगर्नू । मिलेर आउनू, जमानत समेत जोगिन्छ । मिलेर आउनू । तर नेकपा एमाले कुनै बैशाखी टेकिरहनुपर्ने पार्टी होईन । यो जनताको साथ लिएर, आफ्ना नीति, आफ्ना उद्देश्य, आफ्ना कामहरु र भविष्यका योजनाहरु जनताको वीचमा लगेर देश  र जनताको निम्ति काम गर्ने देश र राष्ट्रियताको निम्ति काम गर्ने, देशको विकास गर्ने ,देशमा सुशासन ल्याउने पार्टी हो । त्यसकारण यो एक्लै चुनाव लडन सक्छ । 

एक्लै जित्न सक्छ । र मैले अघि नै भने अवको चुनावमा यस्तो जालीझेली काम गर्ने, गठबन्धन बनाएर झ्यालबाट मच्छड पसे जसरी पस्ने सरकार बनाउन, यो कुरालाई हामी जाली हालिदिन्छौं । म साथीहरुलाई उच्च मनोबलका साथ आत्मविश्वासका साथ अगाडि बढन, एकतावद्ध भएर अगाडि बढन, कुनै हिसावले नअलमलिन, हामीले केही गलत मान्छेहरुलाई हिजो उम्मेदवारी दिएछौं । सरकारलाई विश्वासको मत दियो भने बामपन्थी सरकार जोगिन्छ, संसद जोगिन्छ, हामीले विश्वासको मत माग्यौं । विश्वासको मत दिनुपर्छ भनेर बहिष्कार गरेर बाहिर गए । बहिष्कार गरेर बाहिर गए, सरकार अल्पमतमा पारे । संसद धरापमा प¥यो । नत्र संसद धरापमा पर्ने थिएन । सरकार धरापमा पर्ने थिएन । जनताको बीचमा जानुस, विजयको तयारी गर्नुस् ।’

अध्यक्ष ओलीले माधव नेपालजस्तो लाजसरम पचेको मान्छे आफूले कहीँपनि नदेखेको टिप्पणी समेत गर्नु भयो । माधव नेपाललाई आफ्नो घरको बिरालोको संज्ञा दिँदै उहाँले अहिले शेरबहादुर देउवाको भान्सामा दुधभात खान म्याऊ गरेर पुगेको व्यंग्य समेत कस्नु भयो । माधव नेपालले पतनको बाटो रोजेको उल्लेख गर्दै अध्यक्ष ओलीले भन्नु भयो, ‘अहिले हाम्रा घरका विरालाहरु शेरबहादुर देउवाको भान्सामा देखिन्छन नि । यस्ता होइन । दुध र भात खान पाईन्छ भनेर म्याउ गरेर पुगेका छन, ढुक्कले । मैले यतिसारो लाजसरम पचेको मान्छे, माधव नेपाल जस्तो मान्छे, जिन्दगीमा कहिँ पनि देखेको छैन । नेपाल मात्रै होईन् दुनियाँका धेरै देशमा म पुगे । तर माधव नेपालजस्तो सरम पचेको मान्छे । अस्तीसम्म जुन घाटमा बसीराख्या थिए । त्यहीँ खाटामा बञ्चराले अहिले पनि हानी राख्या छन । अस्तीसम्म जुन पिर्कामा बसेका थिए, त्यो पिर्का भाँचेको भाँच्यै छन । जुन मन्दिरमा पूजा गरिरहेका थिए, त्यो मन्दिरमा थुकेको थुक्यै छन अहिले । के भएको ? पतन भएको भनेको त्यही हो–सर्वनाश ।’

अध्यक्ष ओलीले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन एमालेको विकल्प नरहेको दोेहो¥याउनु भयो । उहाँले भूमि समस्या समाधान आयोग खारेज गरेर सरकारले गरिवमारा चरित्र देखाएको आरोप समेत लगाउनु भयो ।