६ श्रावण २०८३, बुधबार
,
Latest
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगर जुट मिल पुनः सञ्चालन गरिन्छ: उद्योगमन्त्री बडू



अ+ अ-

मोरङ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले विराटनगर रानीस्थित विराटनगर जुट मिल पुनः सञ्चालन गरिने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विराटनगर जुट मिल सञ्चालन गर्ने सम्बन्धमा निजी क्षेत्रका उद्यमी एवं व्यापारीसँग आवश्यक छलफल गरी सञ्चालनको विधि तयार गर्ने जानकारी दिनुभयो । मन्त्री बडूले मुलुकमा रहेका रुग्ण उद्योग जनकपुर चुरोट कारखाना, हेटौँडा कपडा उद्योगलगायत के कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा आवश्यक अनुगनमनपछि निर्णय गर्ने जानकारी दिनुभयो ।

मन्त्री बडूले मुलुकको व्यापार घाटा कम गर्न निजी क्षेत्रको सहयोगमा आयात प्रतिस्थापन गरी उत्पादन वृद्धि गर्र्नाका साथै रोजगारी सिर्जना गर्ने विचार राख्नुभयो । एक प्रश्नको जवाफमा उहाँले निजी क्षेत्रले बजेटमा कर वृद्धिसम्बन्धी गुनासो समाधान गर्ने धारणा राख्नुभयो ।

मन्त्री बडूले निजी क्षेत्रका उद्योग पूर्ण क्षमतामा सञ्चालनका लागि उद्यमीहरुलाई के कस्तो सुविधा उपलब्ध गराउनुपर्छ भन्ने विषयमा पनि आवश्यक छलफल गरी अघि बढ्ने बताउनुभयो ।