• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   ३७ वर्षपछि न्युजिल्यान्ड समूह चरणबाटै बाहिरियो, टी–२० विश्वकपमा भने पहिलोपटक ★   २०८३ चैतसम्म काठमाडौँ–तराई/मधेस द्रुतमार्गबाट सवारी गुड्छन्: मन्त्री उप्रेती ★   गोलीबारी मामिलामा सलमानले भने – मलाई निशाना बनाइएको छ ★   नेपाल टेलिकमले ल्यायो जिएसएम मोबाइल तथा एफटिटिएचमा आकर्षक प्याकेज ★   सोमबार सार्वजनिक बिदा ★   विश्वकपको समूह चरणमा नेपालको दुई खेल अघि डिशहोम फाइबरनेटको ७२ घण्टे नयाँ अफर ★   ताप्लेजुङ पहिरो अपडेट: घाइते बुबा छोरीको उद्धार ★   राप्रपाका विभाग प्रमुखको जिम्मेवारी हेरफेर ★   गण्डकीमा फ्लोर क्रस गर्ने सांसद देवकोटालाई माओवादीले गर्‍यो कारबाही ★   पञ्चायतका ‘रिसाहा ज्वाइँ’को वास्तविक जीवनः सैफ–करीनाको बिहेमा भाँडा माझ्ने काम गरेका थिए

सडकआश्रित मानवहरुको स्वास्थ्योपचारका लागि नेपाल प्रहरी अस्पताल र मानवसेवा आश्रमबीच सम्झौता



काठमाडौँ । नेपाल प्रहरी अस्पताल र मानवसेवा आश्रमबीच स्वास्थ्योपचारलाई सहज बनाउनका लागि सम्झौता भएको छ । सडकपेटी र सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा रहेका घरपरिवार र आफन्तविहीन नागरिकहरुको उद्धार गरि मानवसेवा आश्रमको संरक्षणमा आइसकेपछि अस्पतालले स्वास्थ्य उपचार गर्ने सम्झौतामा उल्लेख छ ।

सम्झौता पत्रमा नेपाल प्रहरी अस्पताल, महाराजगञ्जको तर्फबाट मेडिकल डाइरेक्टर प्र.अ.म डा. आशा सिंह र मानवसेवा आश्रमका तर्फबाट संस्थाका संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गर्नुभएको छ । सम्झौता कार्यक्रम नेपाल प्रहरी अस्पतालमा सोमबार भएको हो ।

सम्झौता पश्चात अस्पतालले मानवसेवा आश्रमको संरक्षणमा रहेका व्यक्तिहरुलाई नेपाल प्रहरी अस्पतालको विपन्न नागरिक उपचार कार्यविधि–२०७९ अन्तर्गत छुट्याएको ३ शैंयामा राखी उपचार गराइने जनाएको छ ।

साथै अस्पतालमा भर्ना गर्नु पर्ने बिरामीहरुको लागि भर्ना भइसकेपश्चात औषधी र औषधीजन्य सामग्रीहरु निशुल्क उपलब्ध गराउने छ ।

कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल डाइरेक्टरले मानवीय सेवाको कार्यमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो । ‘जीवनरक्षाको लागि कार्य गर्दै आइरहेका थियौँ । यसमा थप सडकपेटी र सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा रहेका व्यक्तिहरुको जीवन बचाउन पाउनु हाम्रो लागि पनि खुसीको कुरा हो । आगामी दिनमा मानवसेवा आश्रमको सेवामा संस्थागत र व्यक्तिगत रुपमा मेरो तर्फबाट साथ रहने कुरामा प्रतिबद्ध छु। ‘ उहाँले थप्नुभयो ।

त्यसैगरि नेपाल प्रहरी अस्पतालसँगको सहकार्यले मानवसेवा आश्रमको सेवामा सहजता प्रदान हुने मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । ‘सडकपेटीबाट उद्धार गरिएका व्यक्तिहरु विभिन्न क्यान्सर, एड्स, हेपाटाइटिस, मिर्गौला ड्यामेज भइसकेको जस्ता रोग लागेका व्यक्तिहरु हुन्छन् । आश्रमको व्यवस्थापनबाट यस किसिमका महङ्गो रोगको उपचार अति नै जटिल छ । यस अवस्थामा अस्पतालको साथले हामीमा थप हौसला बढेको छ । अस्पताल परिवारमा धेरैधेरै साधुवाद अर्पण गर्दछु ।’ उहाँले भन्नुभयो ।

यो सम्झौता एक बर्षको लागि रहेको छ । यस पश्चात दुवै पक्षको सहमतिमा सम्झौता नविकरण गर्न सकिने छ । मानवसेवा आश्रमले आजको दिनमा सातै प्रदेशको १९ जिल्लाको २३ स्थानमा सेवा केन्द्र स्थापना गरि करिब देशका सम्पूर्ण जिल्लामा रहेका सहयोगापेक्षी सडकआश्रित व्यक्तिहरुको उद्धार एवं संरक्षण गरिरहेको छ । आजको दिनमा नै आश्रमको संरक्षणमा करिब १५०० जना व्यक्तिहरु आश्रित हुनुहुन्छ भने संस्थाको स्थापना देखि १० बर्षको अवधिसम्म आइपुग्दा ७२०० बढीको उद्धार भइसकेको छ ।