५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरधामस्थित यातायात कार्यालयबाट २२ करोड ३० लाखभन्दा बढीको राजस्व सङ्कलन



अ+ अ-

जनकपुरधाम । मधेस प्रदेश सरकारले सवारी करमा लाग्ने जरिवाना छुट गरेपछि जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा रु २२ करोड ३० लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार आव २०७८/७९ रु ५५ करोड ५६ लाख ६८ राजस्व सङ्कलन भएको हो ।

सवारी करबाट रु ४२ करोड २२ लाख ३४ हजार ८७, सवारीचालक अनुमतिपत्र तथा नवीकरणबाट रु १२ लाख एक हजार १६१ तथा नयाँ सवारी दर्ता र रुट परमिटबाट रु एक करोड ३२ लाख चार हजार ९८१ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख वीरेन्द्रकुमार साहले जानकारी दिनुभयो । यो आव २०७७/७८ को भन्दा रु २२ करोड ३० लाख बढी हो । अघिल्लो आर्थिक वर्षमा रु ३९ करोड २२ लाख राजस्व सङ्कलन भएको थियो ।

यस्तै आव २०७८/७९ मा १६ हजार १८७ मोटरसाइकल, ५११ ट्र्याक्टर, ४७१ टेम्पु, २८२ इ–रिक्सा, २३८ जिप/कारलगायत १५ हजार ९२० नयाँ सवारी साधन दर्ता भएको उहाँले बताउनुभयो । कार्यालय प्रमुख साहका अनुसार सो आवमा २० हजार ६७२ जनालाई नयाँ चालक अनुमतिपत्र वितरण गरिएको थियो भने २२ हजार ७५० सवारी साधन नवीकरण गरिएको थियो ।

मधेस प्रदेश सरकारले पाँच वर्षभन्दा बढी समयदेखि नवीकरण नगराएका सवारीसाधनलाई नवीकरणमा लाग्ने जरिवाना छुट दिनु, नयाँ सवारीसाधनको दर्ता बढ्नु र कर्मचारीले इमान्दारितापूर्वक कार्यालय समयमा बसेर काम गर्नाले गत आवमा राजस्व सङ्कलन उल्लेखीय बढेको उहाँको भनाइ थियो ।