१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नेपाल–चीन सीमा क्षेत्रमा बाढीको जोखिम कायमै, चिनियाँ दूतावासद्वारा उच्च सतर्कता अपनाउन आग्रह प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन काठमाडौं–धुन्चे सडकखण्ड ४ चक्के सवारीसाधनका लागि सुचारु, रसुवा पुनः सडक सञ्जालसँग जोडियो नेपाल–चीन सम्बन्ध बिगार्ने गरी ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप ‘र्‍युमर’ मात्र होः रेग्मी रसुवा बाढी : ४० विदेशी नागरिकसहित ७०६ जनाको उद्धार भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू रसुवा बाढी उद्धारमा विदेशी टोली नबोलाएकोबारे सरकारको स्पष्टीकरण : ‘राष्ट्रिय क्षमतामै भर पर्नु स्वाभाविक’ भोटेकोशी बाढीः १०२ शवको डीएनए परीक्षण र पहिचान प्रक्रिया पोखरामा शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

डुम्रे–बेँसीसहर सडक पुनः सञ्चालनमा



अ+ अ-

लमजुङ । अविरल वर्षासँगै आएको बाढीपहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडकखण्ड पुनः सञ्चालनमा आएको छ । देउरालीडाँडा पहिराले अवरुद्ध उक्त सडकअन्तर्गत बेँसीशहर नगरपालिका–१ रिठ्ठेबगरमा पहिरा हटाएसँगै आज बिहानदेखि यातायात सञ्चालन भएको हो ।

शुक्रबार रातिदेखि पहिराले उक्त सडक अवरुद्ध भएको थियो । नेपाली सेनाको श्रीजङग गण, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोड्ने उक्त सडक ढुङ्गामाटोसहितको लेदोका कारण अवरुद्ध भएको थियो ।

पहिरा हटाएसँगै दुई दिनदेखि थन्किएका सवारीसाधन सञ्चालनमा आएको सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी पुरुषोत्तम अधिकारीले जानकारी दिनुभयो ।




भर्खरै