• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   तीन सय दर्शक क्षमताको ‘कभर्डहल’ सञ्चालन ★   महिला साफ च्याम्पियनसिप नेपालमा हुने ★   एमाले पोखरा महानगरको अध्यक्षमा जीवन आचार्य निर्वाचित ★   डिशहोम फाईबरनेटले ल्यायो इन्टरनेट र डिटीएच ग्राहकहरुका लागि विशेष ‘स्मार्ट अफर’ ★   आगामी आर्थिक वर्षको मौद्रिक नीति लचिलो ल्याउँछौं: गभर्नर अधिकारी ★   निर्देशक सुदर्शन थापा पक्राउ ★   जब विद्यार्थी संसदीय अभ्यास बुझ्न दर्शक–दीर्घामा पुगे… ★   ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल प्रोसेस इनोभेसन अवार्डद्वारा सम्मानित ★   पसिना–पसिना हुँदै चोर्न गएको चोर एसीको हावामा मस्त निदाए, प्रहरीले उठाउँदा पनि उठेनन् ★   यूएन पार्क–कुपण्डोल खण्डको पिच सडकबाट सारियो बत्तीको पोल

कला, संस्कृति र साहित्यबाट नेपाललाई विश्वमा चिनाउनुपर्छः रामहरि खतिवडा



काठमाडौं । नेपाली काँग्रेसका केन्द्रिय सदस्य रामहरि खतिवडाले नेपाललाई कला, संस्कृति र साहित्यको माध्यमबाट विश्वमा चिनाउनुपर्ने बताउनुभएको छ ।

सोमवार ललितपुरमा नेपाल ललितकला संघले कला संस्कृतिको उत्थान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नेता खतिवडाले नेपाललाई चिनाउने र प्रख्यात गराउने नेताको भाषणबाट नभइ कला, संस्कृति र साहित्यबाट भएको बताउनु भयो । उहाँले अहिले नेपालमा रातभरको सेटिङ र मिटिङका आधारमा देश चल्ने भन्दै यस्तो प्रवृतिलाई हटाउन आवश्यक रहेको बताउनु भयो ।

नेता खतिवडाले अहिले एउटा राजनीतिक पार्टीले अर्कोलाई गाली गर्ने र एउटा नेताले अर्को नेतालाई गाली गर्न लागिपर्नुको कारण विद्यालयमा तहमा सिकाइएका इतिहासको परिणाम भएको बताउनु भयो । उहाँले विद्यालय तहमा राणाहरुले एकले अर्कोलाई सकेर आफू शक्तिमा गएको इतिहासहरु पढाइएको र त्यसबाट नराम्रो ज्ञानमात्रै लिँदा यो परिणाम देखिएको बताउनु भयो । उहाँले इतिहासबाट राम्रा कुरा सिकेर अघि बढ्न आवश्यक रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी अहिले पनि एउटा राजनीतिक पार्टीले अर्कोलाई गाली गर्ने र एउटा नेताले अर्को नेतालाई गाली गर्नमा लागेका छौँ । हामीले राणाको इतिहास पढ्यौं, कुनै इतिहास पढ्दा एउटाले अर्कोलाई नसकी कोही पनि शक्तिमा गएन । राम्रो काम गरेर होइन, अरुलाई सकेर । त्यो दिमागमा बसिरह्यो । अघि जाऔँ राम्रो गरेर भन्ने ज्ञान नराखि कसरी नराम्रो गरौँ र अघि बढौं भन्ने सोच आयो ।

नराम्रो र अरुलाई बद्नाम गरेर आफू राम्रो बन्ने संस्कारको विकास भयो । त्यसको अन्त्य अब कला, संस्कृतको माध्यमबाट गर्नुपर्छ । वि.पि. कोईराला त्यत्तिकै वि.पि. कोईराला हुनुभएको होइन, उहाँमा सबै किसिमका ज्ञान थिए । कृष्णप्रसाद भट्टराईमा त्यस्तै ज्ञान थियो । अहिले त बेलुका एकछिन सँगै बसौँ न भन्ने बिहान सरुवा, बढुवामा जाऔँ न भनेर कहाँबाट मुलुकको विकास हुन्छ । नेपाललाई संस्कृतिप्रिय, सुन्दर नेपाललाई चिनाउने र प्रख्यात गराउने नेताको भाषणबाट होइन, कला र संस्कृतिबाट हो । यसलाई अघि बढाऔँ ।’

नेता खतिवडाले नराम्रो र अरुलाई बद्नाम गरेर आफू राम्रो बन्ने संस्कारको विकास भइरहेको बताउनु भयो ।