२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतवारका लागि विदेशी मुद्रा सटही दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको सटही दर अनुसार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १६ रुपैयाँ  ५४ पैसा  र बिक्री दर १ सय १७ रुपैयाँ १४ पैसा कायम भएको छ । 

आइतवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३८ रुपैयाँ ३४ पैसा र बिक्री दर प्रति युरो १ सय ३९ रुपैयाँ ०५ पैसा कायम भएको छ ।