२१ आश्विन २०८१, सोमबार
,
Latest
बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु सनथ जयसूर्या श्रीलंकाको मुख्य प्रशिक्षकमा नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

डुग्रीखोलामा पुल बनाउन माग



फाईल फोटो
अ+ अ-

बझाङ । जिल्लाको जयपृथ्वी नगरपालिका–३ डुग्रीखोलामा पुल नहुँदा कुयापानी र कुशापानीका स्थानीयवासीलाई आवतजावतमा समस्य परेको छ । तीनै तहको सरकारका प्रतिनिधिलाई पुन निर्माणमा ध्यानाकर्षण गराएको भए पनि बेवास्ता गरेको स्थानीयवासी महेश खड्काले गुनासो गर्नुभयो ।

सदरमुकाम चैनपुरबाट नजिकै भए पनि वर्षौँदेखि सो स्थानमा पुल नहुँदा बर्खाका समयमा दुःख झेल्दै आएको र उत्पादन भएका कृषि उपज वस्तु  बजारसम्म पु¥याउन समस्या हुने गरेको पडेस युवा समाजका अध्यक्ष पवन खड्काले बताउनुभयो । ती दुवै गाउँमा हालसम्म खानेपानी, विद्युत् र सडकको सुविधा समेत छैन  । उहाँले भन्नुभयो,“स्थानीयवासी खोलाको धमिलो पानी पिउन बाध्य छन, विद्युत्का लागि पोल गाडेको भए पनि हालसम्म बत्ती बलेको छैन ,सडक बनाउन नगरपालिकाले ध्यान दिएको छैन । ” 
    
 उपप्रमुख जुना जाग्रीले नगरपालिकाबाट प्रदेश सरकार र केन्द्र सरकारलाई पत्र पठाएकोे, वर्षेनी डुग्रीखोलाले खेतीयोग्य जमिन कटान गर्ने भएकाले त्यसतर्फ तटबन्धसमेत गरेको जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “छिटो–छरितो काम गर्नका लागि पहल गरेकी छु । चाँडै समस्या समाधान हुनेछ ।” हाल पुल नहुँदा करिब २५ परिवार समस्यामा परेका छन् ।