१९ मंसिर २०८२, शुक्रबार
,
Latest
भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लाका निर्वाचित जनप्रतिनिधिले बुझाएनन् खर्च विवरण



अ+ अ-

खलङ्गा । जुम्लाका आठवटै स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले निर्वाचन खर्च विवरण अझै बुझाएका छैनन् । स्थानीय तहका प्रमुख उपप्रमुखसहित अधिकांशले निर्वाचन खर्चको विवरण बुझाएका छैनन् । जिल्लाका ८६ उम्मेदवारले मात्रै अहिलेसम्म खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत महेश शर्माले जानकारी दिनुभयो ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ (४) अनुसार निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोगले तोकेको कार्यालयसमक्ष विवरण बुझाउनुपर्ने व्यवस्था भए पनि उम्मेदवारले तोकिएको समयमा निर्वाचन खर्च विवरण बुझाएका छैनन् ।

जिल्लामा सात गाउँपालिका र एक नगरपालिकासहित ६० वडा छन् । जिल्लाको पातारासी गाउँपालिका प्रमुख पूर्णसिंह बोहोरा, उपप्रमुख जनमाया रोकाया, तिला गाउँपालिकाका प्रमुख मोतीलाल रोकाया, उपप्रमुख गोरीकला बुढा, सिञ्जा गाउँपालिका उपप्रमुख सितली रोकाया र गुठीचौर गाउँपालिका उपप्रमुख शान्त मल्ल भण्डारीले समेत निर्वाचन खर्च विवरण नबुझाएको निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

अहिलेसम्म हिमाका ३३, सिञ्जाका एक, तातोपानीका १३, चन्दननाथ नगरपालिकाका २१, गुठिचौरका एक र कनकासुन्दरी गाउँपालिकाका १७ उम्मेदवारले निर्वाचन खर्च विवरण पेस गरेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमार्फत सबै उम्मेदवारलाई तोकिएको समयमा निर्वाचन खर्च विवरण बुझाउन ध्यानाकर्षण गराइए पनि अधिकांश निर्वाचित उम्मेदवारले खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।