५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लाका निर्वाचित जनप्रतिनिधिले बुझाएनन् खर्च विवरण



अ+ अ-

खलङ्गा । जुम्लाका आठवटै स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले निर्वाचन खर्च विवरण अझै बुझाएका छैनन् । स्थानीय तहका प्रमुख उपप्रमुखसहित अधिकांशले निर्वाचन खर्चको विवरण बुझाएका छैनन् । जिल्लाका ८६ उम्मेदवारले मात्रै अहिलेसम्म खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत महेश शर्माले जानकारी दिनुभयो ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ (४) अनुसार निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोगले तोकेको कार्यालयसमक्ष विवरण बुझाउनुपर्ने व्यवस्था भए पनि उम्मेदवारले तोकिएको समयमा निर्वाचन खर्च विवरण बुझाएका छैनन् ।

जिल्लामा सात गाउँपालिका र एक नगरपालिकासहित ६० वडा छन् । जिल्लाको पातारासी गाउँपालिका प्रमुख पूर्णसिंह बोहोरा, उपप्रमुख जनमाया रोकाया, तिला गाउँपालिकाका प्रमुख मोतीलाल रोकाया, उपप्रमुख गोरीकला बुढा, सिञ्जा गाउँपालिका उपप्रमुख सितली रोकाया र गुठीचौर गाउँपालिका उपप्रमुख शान्त मल्ल भण्डारीले समेत निर्वाचन खर्च विवरण नबुझाएको निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

अहिलेसम्म हिमाका ३३, सिञ्जाका एक, तातोपानीका १३, चन्दननाथ नगरपालिकाका २१, गुठिचौरका एक र कनकासुन्दरी गाउँपालिकाका १७ उम्मेदवारले निर्वाचन खर्च विवरण पेस गरेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमार्फत सबै उम्मेदवारलाई तोकिएको समयमा निर्वाचन खर्च विवरण बुझाउन ध्यानाकर्षण गराइए पनि अधिकांश निर्वाचित उम्मेदवारले खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।