१० भाद्र २०८३, बुधबार
,
Latest
सडकमा सरकारी धराप रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह राप्रपा प्रवक्ता श्रेष्ठको आरोप : बागमती प्रदेशकी उपसभामुखले संवैधानिक निष्पक्षता गुमाइन्’ ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु कृषि कर्जासँगै किसानलाई वित्तीय र कृषि ज्ञान दिनुपर्नेमा जोड सिरहा भन्सार कार्यालय : राजस्व संकलनमा वृद्धि टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य जलविद्युत् आयोजनाको सहयोगमा घुमाउनेताल–मौवाफाँट सडक कालोपत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

द्रौपदी मुर्मुले लिइन् भारतको राष्ट्रपतिको सपथ



अ+ अ-

नयाँदिल्लीः भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मुले आज राष्ट्रपति पदको सपथ लिनु भएको छ । नयाँदिल्लीस्थित संसद भवनमा राष्ट्रपति मुर्मुले सपथ लिनु भएको हो । उहाँलाई भारतका प्रधान न्यायाधीश एनभी रमनले पद तथा गोपनीयताको सपथ गराउनु भएको थियो ।

उहाँ भारतको पहिलो आदिवासी समुदायबाट राष्ट्रपति बन्नु भएको हो । द्रौपदी मुर्मुलाई भारतीय जनता पार्टीले उम्मेदवार बनाएको थियो । उहाँको विपक्षमा वरिष्ट राजनीतिज्ञ यशवन्त सिन्हा उठ्नु भएको थियो ।

राष्ट्रपति पदको सपथ लिनु अघि मुर्मुले राजघाट पुगेर महात्मा गान्धीको समाधिमा पुष्पगुच्छा अर्पण गर्नु भएको थियो । साथै उहाँले निवर्तमान राष्ट्रपति रामनाथ कोविन्दसँग पनि भेटघाट गर्नु भएको थियो ।

संसदको सेन्ट्रल हलमा आयोजित समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, सभामुख, राज्यसभाका अध्यक्ष, उपराष्ट्रपति, मन्त्रीहरु, सांसदहरु, विभिन्न पार्टीका नेताहरु, समाजका गण्यमान्य व्यक्तिहरुको उपस्थिति थियो ।

सपथ लगत्तै मुर्मुले राष्ट्रपति भवन पुगेर पदभार ग्रहण गर्नु भएको थियो ।

सपथका अवसरमा सम्बोधन गर्दै उहाँले आफू सन् १९४५ मा भारत स्वतन्त्र भएपछि जन्मिएर पहिलो राष्ट्रपति बन्न सफल भएको बताउनुभयो । भारत स्वतन्त्र भएको ७५ वर्ष पुगेको अवसरमा आफू राष्ट्रपति हुन पाएकामा आफूलाई गर्वको महशुस गरेको पनि बताउनुभयो ।

Image

Image

Image