५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विधेयक नागरिकता पाउनको लागि खुकुलो बनाउन नल्याइएको गृहमन्त्रीको प्रस्टोक्ति (भिडियो)



अ+ अ-

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक नागरिकता प्राप्त गर्नको लागि खुकुलो बनाउन नल्याइएको बताउनुभएको छ ।

सोमवार राष्ट्रिय सभामा नागरिकता ऐन संशोधन विधेयकमाथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधान अनुकुल नै नागरिकता संशोधन विधेयक ल्याएकोले आशंका नगर्न सांसदहरुलाई आग्रह गर्नुभयो । गृहमन्त्री खाँणले नागरिकता ऐनपनि आवश्यक्ता अनुसार परिष्कृत हुँदै भन्दै नेपाली नागरिकलाई व्यवस्थित गरेर दिनको लागि संशोधित ऐन ल्याइएको बताउनु भयो । उहाँले कसैको पनि दबाब, परामर्श र सल्लाहमा नागरिकता संशोधित ऐन नल्याएको दाबी गर्दै नेपाली नागरिकलाई व्यवस्थित गरेर नागरिकता वितरण गर्न ल्याइएको बताउनु भयो ।

गृहमन्त्री खाँणले भन्नुभयो, ‘संविधान अनुकुल नै विधेयक ल्याइएको छ । नागरिकता ऐनपनि आवश्यक्ता अनुसार परिष्कृत हुँदै जाने नै छ । नागरिकता विधेयकले नागरिकता प्राप्त गर्नको लागि खुकुलो बनाउन खाजेको होइन । त्यो खालको आशंका नगर्नुहोस् भन्ने आशंका छ । नेपाली नागरिकलाई व्यवस्थित गरेर दिनको लागि दिन खोजेको हो । त्यसको समुचित कानूनी प्रवन्ध गर्न खोजेको हो । अरु कसैको परामर्श, सरसल्लाह, कुनै कारणले विधेयक आएको होइन ।

गैर आवासीय नेपालीलाई संविधानले नै सांस्कृतिक आर्थिक, अधिकार प्रदान गर्नेगरी प्रमाणपत्र दिने संविधानको प्रावधान छ, त्यसलाई ऐनमा जस्ताको त्यस्तै राख्ने, गैर आवासी नेपालीहरु नेपालमै जन्मिएका, बुबा, आमा,बाजे,बज्यैकै सन्तान हुन् । उनीहरु अहिलेको दुनियाँको परिवर्तित माहोलमा संसारको विभिन्न कुनामा बसेका छन्, उनीहरुलाई पनि एकत्रित गरेर उनीहरुले लगानी नेपालमा गर्ने वातावरणका लागि दिन लागिएको हो ।’

मन्त्री खाँणले करिव ६ लाख भन्दा धेरै नागरिकले नागरिकता नलिएका कारण विभिन्न सेवाबाट वञ्चित हुनुपरेको उल्लेख गर्नुभयो ।