५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली आमा खडा गरेर आमाको नामबाट पाउने नागरिकता व्यवस्थाको दुरुपयोग हुनसक्ने: खिमलाल देवकोटा (भिडियो)



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्थाको दुरुपयोग हुनसक्ने बताउनुभएको छ ।

सोमवार राष्ट्रियसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलका क्रममा बोल्दै राष्ट्रिय सभा सदस्य देवकोटाले आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्था सकारात्मक भएको बताउनु भयो । यद्यपी सो व्यवस्थाको दुरुपयोग हुनसक्ने उहाँले आशंका व्यक्त गर्नुभयो । लोभ, लालच देखाएर अथवा धम्क्याएर, नक्कली आमा खडा गरिने हो कि भन्ने उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

त्यस्तै आमाको नामबाट नागरिकता दिन आमाले स्वघोषणा गर्नुपर्ने कुराले महिलाको निष्ठा, आदर्श र पवित्रतामाथि नै अपमान भएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो – ‘आमाको नामबाट पनि वंशजको नागरिकता पाउने व्यवस्था गरेको छ । यो पक्षपनि सकारात्मक छ । यहाँनिर के समस्या हुनसक्छ भन्ने मेरो अनुमान छ, जस्तो लोभ, लालच देखाएर वा धम्क्याएर, नक्कली आमा खडा गरिन्छ कि भन्ने चिन्ता पनि हामीले जायर गर्नुपर्छ । अनुमान गर्नुपर्छ । बाबुको पहिचान हुन नसकेको व्यहोराको नागरिकता लिने व्यक्ति वा उसको आमाले स्वघोषणा गर्नुपर्ने प्रावधान विधेयकमा छ । स्वघोषणा गर्नुपर्ने विषय महिलाको निष्ठा, आदर्श र पवित्रतामाथि नै अपमान गरियो भन्ने मेरो ठम्याई छ ।’

राष्ट्रिय सभा सदस्य देवकोटाले वैवाहिक अंगिकृतको सम्बन्धमा एउटा हातले सिन्दुर लगाउने र अर्को हातले नागरिकता दिने प्रावधान आएको टिप्पणी गर्नुभयो । उहाँले ७ वर्षे प्रावधान हटाउनु नहुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो – ‘यहाँनेर हामीले एउटा हातले सिन्दुर लगाउने अर्को हातले नागरिकता दिने गरी विधेयक आएको छ । राज्य व्यवस्था समितिले ७ वर्ष लगाएर २०७७ असार ७ मा दिएको सात वर्षको प्रावधान थियो त्यसलाई जस्ताको तस्तै राख्नुपथ्र्यो । हामीकहाँ गरिबी पनि छ । रोजगारीको समस्या पनि छ । गरिबी र लोभ लालचको कारणले धर्म परिवर्तन पनि गरीएको अवस्था छ । नागरिकताको लागि पनि मानिसहरु लोभ, लालचमा परेर कतिपय प्रभावित हुने हो कि भन्ने चिन्ता हुनसक्छ ।’

उहाँले नेपालमा गरिबी र रोजगारीको समस्या भएका कारण लोभ, लालचमा परेर नागरिकता वितरण हुनेतर्फ सचेत गराउनु भयो ।