९ असार २०८३, मंगलवार
,
Latest
सम्पत्ति शुद्धिकरण बिभागमा पूर्वअर्थमन्त्री पौडेललाई गराइयो उपस्थित पूर्वअर्थमन्त्री पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन काठमाडौँका ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस जडान मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ मनसुन सक्रिय, तर तराईमा तातो लहरको जोखिम अझै कायम रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक
तपाईं के खोज्दै हुनुहुन्छ ?

गभर्नर अधिकारीको राजीनामा माग



अ+ अ-

काठमाडौं । शेयर लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजनीनामा माग गरेका छन् । 

नियोजितरुपमा सेयर बजारलाई घटाउने नीति लिएको आरोप लगाउँदै लगानीकर्ताहरुले गभर्नर अधिकारीको राजिनामा माग गरेका हुन् ।

राष्ट्र बैंकले एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँ र एक व्यक्तिले बढीमा १२ करोड रुपैयाँमात्रै शेयर धितोमा ऋण लिन सक्ने नियम बनाएको छ । यसअघि यस्तो सीमा तोकिएको थिएन । 

आफ्नो सम्पत्ति धितोमा राखेर क्षमताअनुसार ऋण लिन पाउने सहज व्यवस्थालाई अप्ठेरो बनाउँदै शेयर धितो ऋणमा सीमा तोकिदिएको भन्दै लगानीकर्ताहरु असन्तुष्ट बनेका हुन् ।

लगानीकर्ता रामकृष्ण ढकालको संयोजत्वको रहेको पुँजी बजार सुधार संघर्ष समितिले समितिले सार्वजनिक विज्ञप्ती जारी गर्दै विभिन्न समयमा पुँजी बजारको अस्तित्व नै धरापमा पार्ने नीति कार्यक्रमहरु राष्ट्र बैंकले लिएको हुँदा समग्र पुँजी बजार अघि बढ्न नसकेको भन्दै गभर्नरको यथाशिघ्र राजिनामाको माग गरको छ ।