९ श्रावण २०८३, शनिबार
,
Latest
कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

साविक विजेता नेदरल्याण्ड्सलाई हराउँदै फ्रान्स पहिलोपटक युरोकपको सेमिफाइनलमा



अ+ अ-

एजेन्सी । साविक विजेता नेदरल्याण्ड्सलाई हराउँदै फ्रान्स महिला युरो च्याम्पियनसिपमा पहिलोपटक सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति सम्पन्न खेलमा फ्रान्सलाई जित दिलाउन इभ पेरिसेटले खेलको १०२औं मिनेटमा पेनाल्टीबाट गोल गरिन् ।

फ्रान्सकी दिआनीलाई नेदरल्यान्ड्सकी डोमिनिक्वी जेन्सेनलाई बक्सभित्र फल गरेपछी रेफ्रीले पेनाल्टी दिएका थिए ।

योसँगै महिला युरोको सेमिफाइनल समीकरण पूरा भएको छ । अब फाइनल प्रवेशका लागि फ्रान्सले जर्मनीको सामना गर्नेछ भने अर्को सेमिफाइनलमा स्वीडेन र इंग्ल्याण्ड भिड्नेछन् ।