५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता कागजको खोस्टो मात्र होइन: राप्रपा नेपाल



अ+ अ-

काठमाडौं । संसदबाट पास गरिएको नागरिकता बिधयेकले मुलुकको राष्ट्रियता, सम्प्रभुता, अखण्डता र स्वाभिमानमाथी गम्भीर आँच पुर्याउने भन्दै राप्रपा नेपाल सम्बद्ध जनबर्गिय संगठनहरुले बिरोध जनाएका छन् ।

सनिवार साँझ नागरिकता विधयेकको बुदाँहरु बिबादास्पद ,अनुचित र राष्ट्रहित बिपरित भएको बिरोधमा पार्टी सम्बद्ध युबक,विद्यार्थी र युबा मोर्चाका नेता कार्यकर्ताहरुले राँके जुलुश प्रदर्शन गरेका छन् । नागरिकता भनेको कागजको खोस्टो मात्र नभएर देशको स्वाभिमान , स्वतन्त्रता र अस्तीत्वसङ्ग गासिएको बिषय भएको भन्दै राप्रपा नेपाल सम्बद्ध जनबर्गिय संगठन युबक, विद्यार्थी र युबा मोर्चाले संसदबाट पास गरिएको नागरिकता बिधयेकको बिरोध गरेको हो ।

बिबाह गर्ना साथ कुनैपनी बिदेशिले तत्काल नागरिकता पाउने नीति दुनियाँमा कहि नभएको भन्दै नेताहरुले आक्रोश ब्यक्त गरे । सबै नेपालीले नागरिकता सरल र सहज रुपमा पाउने कुरामा दुई मत नभएको तर बिदेशीलाई नाङ्लोमा राखेर नागरिकता बाढ्ने बिषय अस्वीकार्य भएको नेताहरुले बताएका छन् ।

सत्ता र स्वार्थ पुर्तिको लागि राष्ट्रघाती निर्णय गर्नेहरुलाई जनताले दण्ड दिनुपर्ने उनिहरुको धारणा छ । बिबाह गरेर आएकाहरुलाई समय सिमा नतोकी धमाधम नागरिकता बाढ्न नहुने प्रदर्शनकारिहरुको माग रहेको छ । बिशालगरबाट शुरु भएको राँके जुलुस ढल्कु, भाटभटेनी , चाईनिज एम्बेसी हुँदै बालुवाटार पुग्दा प्रहरी हस्तक्षेप भएको छ , प्रदर्शनकारी विद्यार्थी नेता सन्दिप खड्का पक्राउ परेका छन् ।