२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली महिला टिमले बंगलादेशको महिला टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्ने



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । 

भदौ २४ र २७ गते दशरथ रंगशालामा यी दुई टिमले प्रतिस्पर्धा गर्न लागेका हुन् । 

बंगलादेशको महिला फुटबल टिम भोलि (सोमवार) बिहान साढे १० बजे काठमाडौं आइपुग्नेछ । 

खेल हेर्न चाहने दर्शकका लागि साधारण २०० र भीआईपी प्यारापिटका लागि ५०० रूपैयाँ प्रवेश शुल्क तोकिएको छ । प्रभु पेबाट टिकट काट्न सकिने एन्फाले जनाएको छ ।

नेपाली महिला फुटबल टिम २०२२ मा हुने एएफसी महिला एशियन कपको छनोटको तयारीमा छ । 
.