२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

राणाकालीन भवनका टिठलाग्दा भग्नावशेष (फोटोफिचर)



सिंहदरवारस्थित पुरानो संसद भवन ।
अ+ अ-

वि.सं. २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गयो । भूकम्पले ठूलो जनधनको क्षति गर्यो । ऐतिहासिक, पुरातात्विक सम्पदाहरु ध्वस्त भए । नौ हजार भन्दा बढी मानिसको ज्यान लिएको उक्त भूकम्पपछि नेपालका सामु पुनर्निर्माण गर्नुपर्ने अवस्था आइलाग्यो । रातारात घरबारबिहीन बनेका कतिपय मानिसको त घर बन्यो तर कतिपय अझै घरबारबिहीन छन् ।

भूकम्पले भत्काएका कतिपय सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण भयो भने अझै कतिपय सम्पदाहरु जिर्ण छन् । राजनीतिक खिचातानिका बीच कतिपय ठाउँमा एकीकृत बस्ती बने भने कतिपय परिवारले अझै पालमुनि जीवन व्यतित गरिरहेका छन् । सांस्कृतिक सम्पदाको हविगत पनि त्यो भन्दा फरक छैन । भूकम्प गएको ७ वर्ष पूरा भइसकेको छ । यो बीचमा केही स्थानमा राम्रैसँग सांस्कृतिक सम्पदा ठडिएका छन् भने कतिपय स्थानमा अझै पुनर्निर्माणको काम नै अघि बढ्न सकेको छैन । यतिबेलासम्म रानीपोखरी निर्माण सम्पन्न भइसकेको छ भने धरहरा पुनर्निर्माणको अन्तिम चरणमा छ । तर कतिपय राजधानीमा नै रहेका राणाकालीन ऐतिहासिक पुरातात्विक भवनहरु अझै जिर्ण छन् ।

कतिपय भवन अभावमा कार्यालयहरु यसै जोखिमपूर्ण भवनमै सञ्चालनमा छन् । २००७ सालअघि राणापरिवारको अधिनमा रहेका यी भवन पछिल्ला समय सरकारी कामकाजका अड्डाका रुपमा प्रयोगमा थिए । केही भवन पुनर्निर्माण र रेक्ट्रोफिटिङ गरिएपनि धेरै भवन लथालिङ्ग अवस्थामा छोडिएको छ । यी भवन बनाउँदा बज्र प्रयोग गरिएको थियो । जंगबहादुर बेलायत भ्रमण गरेर फर्कंदा सुर्की (इटाको धुलो, चुन) प्रयोग गरेर सिमेन्टको विकल्पको रुपमा प्रयोग गरिएको थियो । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालले भूकम्पपछि पुनर्निर्माण हुन नसक्दा र राज्यले आवश्यक चासो नदेखाउँदा भग्नावशेष बनेका राणाकालीन भवन समेट्ने प्रयास गरेको छ ।

काठमाडौं महानगरको पुरानो भवनको जीर्ण झ्यालबाट देखिएको काम गर्दै गरेका कर्मचारी ।
वागदरवारको भत्केको भवन र कागजपत्र ।
काठमाडौं महानगरको वागदरवार ।
पुल्चोक क्याम्पसपरिसरमा रहेको भग्नावशेष ।
पुल्चोकस्थित जीर्ण भवनले बनाएको भवन अधिकार आयोगको अस्तव्यीत प्रतिक चिन्ह ।
पुल्चोकस्थित केही बर्षअघि मानव अधिकार आयोग रहेको भवनको प्रवेशद्वार ।
पुल्चोकस्थित स्थानीय विकाश मन्त्रालयको पुरानो भवन ।
त्रिचन्द्र कलेज ।
सिंहदरवार दक्षिण ढोकाअगाडि रहेको फैसला कार्यान्वयनको भवन ।
पुल्चोकस्थित स्थानीय विकास मन्त्रालयको पुरानो भवन भुकम्पले चर्केपछि ।
डिल्लीबजारस्थित जेलको भवन ।
थापाथलीस्थित खाद्य संस्थानले प्रयोग गरिरहेको भवन ।