५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्क्रमण बढ्दै गएपछि भीडभाड र सावधानी अपनाउन मन्त्रालयको आग्रह



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भीडभाड नगर्न र सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै भीडभाड हुने स्थानमा अनिवार्य मास्क र सेनिटाइजरको प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

सबै सरकारी, गैरसरकारी कार्यालय तथा मानिसको भीडभाड हुने स्थानमा अनिवार्यरूपमा मास्कको प्रयोग गर्नु गराउनु हुन तथा प्रवेशद्वारमा सेनिटाइजरको व्यवस्था गर्नुगराउन आग्रह गरिएको छ ।

यस्तै विमानस्थल, हवाईलगायत सार्वजनिक यातायातमा मास्क अनिवार्य प्रयोग गर्न गराउनु हुन तथा सेनिटाइजरको व्यवस्था गर्नु गराउन, गोष्ठी, सेमिनार, बैठकजस्ता भीडभाड हुने कार्यक्रममा मास्कको प्रयोगलाई अनिवार्य गर्ने र सेनिटाइजरको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

यस्तै विद्यालय, विश्वविद्यालय, धार्मिक स्थल, भीडभाड हुने प्रकृतिको व्यावसायिक तथा मनोरञ्जनस्थल, रङ्गशाला आदिजस्ता सार्वजनिकस्थलमा मास्कको अनिवार्य प्रयोग गर्न, स्वास्थ्य संस्थाले सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि आवश्यक व्यवस्थापन गर्न गराउन आग्रह गरिएको छ ।

यस्तै कोभिड–१९ विरुद्धको खोप कार्यक्रमलाई प्रभावकारीरूपमा सञ्चालन गर्न निर्देशन दिँदै खोप लगाउन बाँकी रहेका सबैलाई खोप लगाउन आग्रह गरिएको छ ।

यस्तै अन्तर्राष्ट्रिय हवाई तथा स्थलगत प्रवेश नाकामा निगरानी थप बलियो र प्रभावकारी बनाउन, भीडभाड हुने स्थानमा कोभिड–१९ नमूना परीक्षण अभियान सञ्चालन गरी समुदायस्तरमा कोभिडको अवस्थालाई थप विश्लेषण गर्दै प्रभावकारी कदम चाल्न अनुरोध गरिएको छ । रासस