• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

राष्ट्रिय सहमतिमा मात्र नागरिकता विधेयक पारित हुनुपर्छः झलनाथ खनाल



काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागरिकता सम्बन्धी विधेयक राष्ट्रिय सहमती गरेर पारित गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री खनालले सरकारले ल्याएको विधेयकमा केही गम्भिर प्रश्नहरु रहेको भन्दै राष्ट्रिय सहमती हुनु अत्यावश्यक रहेको बताउनु भयो । उहाँले ऐन बनाउँदा कुनै कमजोरी हुनु नहुने पनि बताउनु भयो । उहाँले नागरिकता सम्बन्धी विधेयकमा प्रतिपक्ष दलको असहमती रहेको उल्लेख गर्दै विवादको बीचमा पारित हुने खतरा रहेको बताउनु भयो । पूर्वप्रधानमन्त्री खनालले सो विधेयक पारित भएमा देशमा दुई खालको जनमत बन्ने खतरा रहेको औँल्याउनु भयो ।

उहाँले भन्नुभयो – ‘नागरिकताको सम्बन्धमा हामीले ऐन बनाउँदा कुनैपनि ढंगले लुज काम गर्नु हुँदैन । हामीले लुज कुराहरु ग¥यौँ भने हाम्रो देशको सामाजिक संरचना क्रमिक रुपले बद्लिने, नकारात्मक ढंगले बद्लिने खतराहरु हुन्छन् । यो कुरालाई ध्यानमा राखेर नेपालका राजनीतिज्ञहरुले, नेपालका पार्टीहरुले गम्भिरतापूर्वक ध्यान दिनुपर्छ । अहिले जुन प्रकारले नागरिकता विधेयक आएको छ । यसमा केही गम्भिर प्रश्नहरु छन् ।

यस्ता कुराहरुमा राष्ट्रिय सहमती हुनु अत्यावश्यक छ । राष्ट्रिय सहमती भएको मैले देखिनँ । प्रतिपक्षले असहमती राखिरहेको छ । सरकार पास गर्नका लागि तयारी गरिरहेको छ । यो सहमतीको विधेयक हुने देखिन । यो विवादको बीचमा पास हुने खतरा छ । यसरी विधेयक पास भयो भने यसले सर्लक्कै देशमा दुई खालको जनमत बन्ने खतरा छ । नागरिकता जस्तो सवाल राष्ट्रिय सहमतीको सवाल हो । यो खालि बहुमतको सवाल होइन ।’