२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कप्तान किरणको नाममा बन्यो यस्तो रेकर्ड



अ+ अ-

काठमाडौं । नेपाली फुटबल टिमका गोलरक्षक तथा कप्तान किरण चेम्जोङ राष्ट्रिय टोलीबाट सर्वाधिक ‘क्याप’ जित्ने खेलाडी बनेका छन् ।

भारतविरुद्ध आइतबार दोस्रो मैत्रीपूर्ण खेलमा उत्रदै चेम्जोङले राष्ट्रिय टोलीको उनको खेल संख्या ७४ पुर्याएका हुन् । 

किरणले यसअघिका कप्तान तथा डिफेन्डर विराज महर्जनले राखेको ७३ क्यापको कीर्तिमानलाई तोडेका हुन् ।

भारतविरुद्ध बिहीबार पहिलो मैत्रीपूर्ण खेल खेल्दा किरणले विराजको ७३ खेलको कीर्तिमानसँग बराबरी गरेका थिए ।

राष्ट्रिय टोलीको १३ वर्षको यात्रा तय गरेको किरणले सन् २००८ मा एएफसी च्यालेन्ज कप छनोटमा मकाउविरुद्ध पहिलो रोजाईमै डेब्यु गरेका थिए ।