४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

यसरी प्रयोग गर्नुहोस् कवाडी सवारीसाधन, एक बस अनेक उपयोग !

यसरी प्रयोग गर्नुहोस् कवाडी सवारीसाधन, एक बस अनेक उपयोग !
अ+ अ-

एजेन्सी ।तपाईँ कुनै वस्तुको पुनर्प्रयोगमा विश्वास गर्नु हुन्छ वा कुनै सामान एक पटक प्रयोग गरेर फाल्ने चलनको आलोचक हुनुहुन्छ भने तपाईँका लागि यो सामग्री रोचक हुन सक्छ।

बस सवारीसाधनको रूपमा सडकमा गुड्छ। निश्चित समयपछि त्यसको आयु सकिन्छ र त्यो कवाडी हुन्छ। तर उमेर सकिएका बसलाई कवाडीको चाङमा लगेर थुपार्नु पर्छ भन्ने छैन।

संसारभर मानिसहरू थोत्रा बसलाई परिमार्जनसहित नयाँ जीवन दिइरहेका छन्। गुड्न नसक्ने भएका बसहरू फरक कामका लागि प्रयोग भइरहेका छन्।

कसैले पुरानो बसमा घुम्ती रेष्टुँरा सञ्चालन गरेका छन् भने कसैले कक्षाकोठा वा शार्वजनिक शौचालय बनाएका छन्। यहाँ पुराना बसको प्रयोगका लागि सात उपाय दिइएको छ। 

माछाको प्रजनन स्थान
श्रीलङ्काले थोत्रिएका बसहरूलाई समुद्रमा फाल्दै आएको छ। अधिकारीहरूका अनुसार पानीमुनि ती बसहरूले नयाँ मुगा उम्रने स्थान बनाउँछन्।

साथै 'कोरल रीफ' भनिने मुगाहरूको बनोटमा धेरै प्रकारका माछाहरू प्रजनन हुने बताएका छन्।

भोजनालय
फ्रान्सजस्तो देशहरूमा नयाँ तरिका अपनाएर पर्यटक आकर्षित गर्ने प्रतिस्पर्धा नै हुन्छ।

आकर्षणका केन्द्रहरू हेर्नलाई बर्सेनि लाखौँ मानिस त्यहाँ पुग्ने गर्छन्।

केही पर्यटन व्यवसायीले ग्राहक आकर्षित गर्नकै लागि पुराना बसलाई भोजनालयमा रूपान्तरण गरेका छन्।

ग्राहकहरूले मीठो खान र आरामदायी यात्रासँगै संसार देख्न समेत पाउँछन्।

बसमै शौचालय
धेरै सहरहरूमा सार्वजनिक शौचालय भेट्नु साह्रै कठिन काम हो। त्यो अवस्थामा घुम्ती शौचालयहरूले निकै राहत दिलाउन सक्छन्।

भारतको पुनेमा थोत्रिएका बसहरूलाई नै शौचालय बनाएर विभिन्न ठाउँमा पुर्‍याइन्छ।

हैदराबादमा त अधिकारीहरूले नयाँ बसलाई नै शौचालय प्रयोजनमा प्रयोग गरेका छन्।

साङ्गीतिक एवं खेलकुदसम्बन्धी ठूला कार्यक्रमहरू आयोजना हुँदा घुम्ती शौचालय आवश्यक पर्छ। त्यसले सहर सफा राख्न मद्दत गर्छ।

बास बस्न बस
केही बसहरूमा सानोतिनो होटल नै सञ्चालित छन्। त्यस्ता बसहरूमा शुल्क तिर्ने ग्राहकका लागि नुहाउने लगायत अन्य सुविधा उपलब्ध हुन्छ।

बेलायतमा भने स्वयंसेवकहरूले पुराना बसलाई परिवर्तन गरी घरविहीनहरूका लागि रात कटाउने ठाउँ बनाएका छन्।

स्थानीय निकायको पहलमा सडक मानवलाई बास उपलब्ध गराइन्छ। ती बसहरूलाई 'आशा' नामकरण गरिएको छ।

स्थायी घर
केही मानिसका लागि भने बस अस्थायी बासस्थान मात्र नभई स्थायी घर बनेको छ। अमेरिकाको वासिङ्टनस्थित रेन्टनमा पाँच जनाको एउटा परिवार पुरानो बसमा बस्छ।

ब्रायन र स्टार्ला सुलिभनका अनुसार उनीहरू निकै महँगो रकम तिरेर भाडामा बस्दै आएका थिए। उनीहरूलाई आफ्नै एउटा घर आवश्यक थियो तर महँगीका कारण घर खरिद गर्नु सम्भव थिएन।

त्यस परिवारले २,८०० अमेरिकी डलर खर्चिएर पुरानो बस किन्यो। आवश्यक परिमार्जन र नवीकरणपछि उनीहरू तीन सन्तानसहित त्यसैमा बस्न थाले।

बसमै कक्षाकोठा

युद्धग्रस्त क्षेत्रमा बसहरू बालबालिकाको विद्यालयक रूपमा प्रयोग भएका छन्।

उत्तरपश्चिमी सिरियामा विद्यार्थीहरूले विद्यालय जानका लागि बस चढ्दैनन्। उनीहरूका लागि बस नै विद्यालय हो।

ती घुम्ती विद्यालयमा पाँचदेखि बाह्र वर्षका विद्यार्थीहरू आउँछन्। उनीहरू अरबी, गणित, विज्ञान, सङ्गीत र चित्रकला सिक्छन्।

घुम्ती पुस्तकालय
बसहरूमा पढ्ने ठाउँ पनि बनेका छन्। अफगानिस्तानलगायत केही देशमा बसमै पुस्तकालय खोलिएका छन्।

चक्का माथिका यी पुस्तकालय काबुलमा पनि छ। त्यहाँ बालबालिकाका लागि निःशुल्क पुस्तक उपलब्ध हुन्छन्।

ती बालसुलभ पुस्तकहरूको विद्यालयमा भने अभाव छ। 

(बीबीसी)