२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पताल बनाउन रु दुई अर्ब ५४ करोड बराबरको कर्जा स्वीकृत



अ+ अ-

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको अगुवाइ तथा नबिल बैंक लिमिटेडको सहभागितामा लुम्बिनी प्रदेशको सिद्धार्थनगरमा १०० शय्याको ‘एडभान्स इन्टरनेशनल मल्टी स्पेसियालिटी अस्पताल’ निर्माण हुने भएको छ । सो अस्पताल निर्माण तथा सञ्चालनका लागि रु दुई अर्ब ५४ करोड बराबरको कर्जा स्वीकृत गरिएको छ ।

सो अस्पताल निर्माण गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले रु एक अर्ब ५४ करोड तथा नबिल बैंक लिमिटेड रु एक अर्ब लगनी गर्ने भएको छ । बिहीबार त्यससम्बन्धी सम्झौता भएको भए पनि बैंकले आज एक विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

सम्झौतामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा, नायब महाप्रबन्धक सूर्यबहादुर तामाङ, नायब महाप्रबन्धक विनयनाथ न्यौपाने र नबिल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गाना, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य, नायब प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेलगायतको उपस्थिति थियो ।

कार्यक्रममा अस्पतालका अध्यक्ष कमल भण्डारीले परियोजनामा लगानीको लागि सहवित्तीयकरण सम्झौता सम्पन्न हुँदा आफू उत्साहित भएको र परियोजना निर्माण कार्य समयमै सम्पन्न गरी व्यावसायिक सञ्चालन सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त अस्पतालले लुम्बिनी प्रदेशको स्वास्थ्य सेवामा विशिष्टिकृत योगदान पु¥याउने अपेक्षा गरिएको छ ।