२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैत्रीपूर्ण खेलः पहिलो हाफ बराबरीमा



अ+ अ-

काठमाडौं । नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेलमा अहिले नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन् । 

दशरथ रंगशालामा जारी खेलमा पहिलो हाफ सकिँदा दुबै पक्षबाट गोल हुन सकेको छैन । 

पहिलो हाफदेखि नै घरेलु टिम नेपालले खेलमा दबाब राख्दै आएको थियो । 

खेलको १२ औं मिनेटमा मनिष डाँगीले गोल गर्ने सुनौलो अवसर खेर फालेका थिए । 

यता खेलको २३ औं मिनेटमा भारतका अनिरुद्ध थापाले गोल गर्ने अवसरलाई नेपालका गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट क्लियर गरेका थिए । 

२६ औं मिनेटमा नेपालले थप अर्को अवसर पाएको थियो । आयुष घलानले हेडमार्फत गोल गर्ने राम्रो अवसर खेर फाले । उनी मार्कमा रहेपनि बललाई भेट्न भने असमर्थ रहे । 

नेपालका गोलकिपर किरण चेम्जोङले लङ रेन्जमा फालेको बल आयुष घलानले पुनः गोल गर्ने अवसर पाएका थिए । वान टु वान मार्कमा रहेका घलान गोल गर्न चुके ।