१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगञ्जको तातो हावाबारे अध्ययन हुँदै



अ+ अ-

नेपालगञ्ज । नेपालगञ्जको तापक्रम र तातो हावा (लु) बारे यहाँ अध्ययन सुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले बढ्दो तापक्रम (लु) न्यूनीकरणका लागि आवश्यक कदम चाल्न र त्यसको असरबारे अध्ययन थालेको हो । जिल्लास्थित नेपाल रेडक्रस सोसाइटीको आयोजनामा तातो हावासम्बन्धी कार्यशालामा उपमहानगर प्रमुख प्रशान्त विष्टले नेपालको सबैभन्दा बढी गर्मी हुने सहरमा ‘हिटवेभ’सम्बन्धी अध्ययन भइरहेको र अध्ययन प्रतिवेदनको आधारमा योजनाबद्ध तरिकाले काम अगाडि बढ्ने बताउनुभयो ।

उहाँले तातो हावा कम गर्न नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै यसमा सरोकारवाला व्यक्तिको सहयोग आवश्यक पर्ने जानकारी दिनुभयो । कार्यशालामा नरेडक्रसले नेपालगञ्जलाई केन्द्रित गरी तातो हावाका सम्बन्धमा गत वर्ष गरेको अनुसन्धानात्मक अध्ययनको निष्कर्ष प्रस्तुत गरिएको थियो । अनुसन्धानमा नेपालगञ्जमा उच्च तापक्रम भएका वडाहरु, तातो हावाका कारण सङ्कटासन्न वडा एवं समूह, यसले पारेको असर न्यूनीकरणका लागि गरिएका गतिविधि र आगामी दिनमा गर्न सकिने पहलबारे प्रस्तुती गरिएको थियो ।

कार्यशालामा सहभागी अधिकांशले ‘हिटवेभ’को असरलाई कम गर्न स्थानीय तहले सक्रियता देखाउनुपर्ने, जलसञ्चय हुने पोखरी तथा तालहरु संरक्षण गर्नुपर्ने र खुला स्थानमा वृक्षरोपण गरी हरियाली गर्नुपर्नेमा जोड दिएका थिए । रेडक्रसका सभापति गोवद्र्धन सिंहले ‘हिटवेभ’का बारेमा बारेमा चर्चा गर्दै समुदायको क्षमता विकासमा रेडक्रसले सहयोग गर्ने बताउनुभयो । रेडक्रसका विपद् तथा सङ्कट व्यस्थापन विभाग निर्देशक विपुल न्यौपानेले ‘हिटवेभ’सम्बन्धी छलफल र नेपाल सरकारको निकायले दिएको तथ्याङ्कको आधारमा ‘हिटवेभ’को रिपोर्ट तयार गरिएको जानकारी गराउनुभयो ।

रेडक्रसले नमूनाका रुपमा नेपालगञ्जमा सञ्चालन गरिरहेको ‘हिटवेभ’ प्रतिकार्य कार्यक्रमबाट जनचेतनामूलक गतिविधि सञ्चालन गरिएको जनाएको छ । कार्यक्रममा परामर्शदाता आश्मा सुवेदीले अध्ययन प्रतिवेदन र युनिसेफका नरेश निदालले सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनामा समुुदायस्तरको अध्ययन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।