१५ भाद्र २०८३, सोमबार
,
Latest
वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी बाढीपीडितका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा रु १५ लाख सहयोग हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री विपद् व्यवस्थापनमा सरकार पूर्ण सक्रिय छ, राहत र उद्धारमा कुनै कमी हुँदैनः प्रवक्ता पोखरेल परराष्ट्रमन्त्री खनाल र कतारका राज्यमन्त्री अल-मिसनदबीच टेलिफोन वार्ता एनआरएनए र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटनमन्त्री श्रेष्ठसँग भारतीय राजदुत श्रीवास्तवको शिष्टाचार भेट



अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच दुई देशबीचको रहिआएको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको छ । मन्त्री श्रेष्ठले राजदुत श्रीवास्तवको कार्यकालमा दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन सफल हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल र भारतबीच सदियौंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध रहिआएको चर्चा गर्नुहुँदै मन्त्री श्रेष्ठले दुबै देशबीच सहकार्यका धेरै सम्भावना रहेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुर्ण क्षमतामा संचालनका लागि नयाँ हवाई प्रवेश विन्दु उपलब्ध गराउन राजदुत श्रीवास्तवसँग प्रस्ताव गर्नुभयो । नयाँ हवाई प्रवेश विन्दु उपलब्ध भएमा उडान खर्च र समय घट्नुका साथै हवाई ट्राफिक जामको समस्या समाधान हुने मन्त्री श्रेष्ठको भनाइ छ । राजदुत श्रीवास्तवले नयाँ हवाई प्रवेश विन्दुको विषयमा छिट्टै निर्णयमा पुग्ने विश्वास दिलाउनुभयो ।

भगवान् राम र सीतासँग जोडिएका धार्मिक स्थलहरुलाई जोड्ने रामायण सर्किट सम्वन्धी पुर्वाधार निर्माण अघि बढाउनेबारे पनि उहाँहरुबीच छलफल भएको थियो । रामायण सर्किटले धार्मिक पर्यटनको प्रवर्द्धनमा सहयोग पुग्ने मन्त्री श्रेष्ठको भनाइ छ ।

जनकपुरको धार्मिक तथा पौराणिक महत्व झल्काउदै पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको समयमा समझदारी भएको बृहत्तर जनकपुर क्षेत्र विकास सम्वन्धी परियोजना अघि बढाउनेबारे पनि उहाँहरुबीच छलफल भयो ।

भूकम्पबाट क्षति भएका संरचना पुनर्निमाणमा भारतीय सहयोगमा संचालित परियोजनाको अवस्थाबारे पनि उहाँहरुबीच कुराकानी भएको थियो ।

मन्त्री श्रेष्ठले कोरोना भाइरस महामारीपछि सरकारले पर्यटन क्षेत्रको पुनउत्थानलाई प्राथमिकता दिएको बताउनुहुँदै नेपालमा भारतीय पर्यटकहरुको आगमन वृद्धिका लागि गर्नुपर्ने प्रवर्द्धनात्मक कार्यक्रमबारे पनि राजदुत श्रीवास्तवसँग छलफल गर्नुभएको थियो ।