२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा बाढीले यसरी डुबायो बस्ती (फोटो फिचर)



अ+ अ-

काठमाडौं उपत्यकामा गएराति परेको वर्षा कारण उपत्यका अस्तब्यस्त बनेको छ । उपत्यकाका खोला किनारामा रहेका बस्ती डुबानमा परेका हुन् । 

प्रहरीले ती बस्तीका बासिन्दा जोखिममा परेपछि उद्धार गरेर सुरक्षित स्थानमा लगेर राखेको हो । 

बागमती र धोबिखोला आएको बाढीका कारण टेकु र बानेश्वर क्षेत्रमा बिद्युत सेवासमेत अबरुद्ध भएको छ । बाढीका कारण प्रहरीले टेकु र बानेश्वर सबस्टेशनबाट लाइन काट्न भनेकाले बत्ती बन्द गरिएको नेपाल विद्युत प्राधिकरणका सिइओ कुलमान घिसिङले जानकारी दिएका छन् ।