२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

साडियो माने अफ्रिकाको उत्कृष्ट फुटबलर बने



अ+ अ-

एजेन्सी । सेनेगलका फरवार्ड साडियो माने अफ्रिकाको उत्कृष्ट फुटबल खेलाडी घोषित भएका छन् ।

कन्फेडेरेसन अफ अफ्रिकी फुटबल (काफ)द्वारा बिहीबार राति मोरोक्कोमा आयोजित कार्यक्रमम मानेले अफ्रिकन फुटबलर अफ द इयर अवार्ड जितेका हुन् ।

मोरक्कोको राजधानीमा आयोजित विशेष कार्यक्रममा मानेलाई अवार्ड प्रदान गरिएको हो । ३० वर्षीय मानेले सेनेगलकै गोलकिपर एडुवार्ड मेन्डी र इजिप्टका मोहमद सालाहलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

नयाँ सिजन अघि इंग्लिस क्लब लिभरपुलबाट जर्मन क्लब बायर्न म्युनिख पुगेका मानेले दोस्रो पटक यस अवार्ड जितेका हुन् । उनले २०१९ मा पनि यस अवार्ड जितेका थिए ।

उनकै कप्तानीमा सेनेगलले अफ्रिकन कप अफ नेसन्सको उपाधि जित्न सफल भएको थियो ।