• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   जब वडाध्यक्ष नै लामाटारका जेष्ठ नागरिक लिएर धार्मिक तीर्थाटनमा गए…(फोटो फिचर) ★   बैंगलोरको लगातार दोस्रो जित, २०१ रनको लक्ष्य १६ ओभरमै पछ्यायो ★   सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास ★   आर्सनलले टोटेनहमलाई हरायो ★   इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो, को अगाडि ? ★   न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक: सर्वोच्च बार ★   प्रधानमन्त्रीद्वारा देशकै सर्वाधिक ठूलो विद्युत् सबस्टेसन उद्घाटन ★   बझाङ-१ मा एमालेको अग्रता कायमै ★   इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ र ३ को मतगणना सकियो ★   फुपुको छोरीको हत्या गरी फरार रहेका अभियुक्त ९ वर्षपछि पक्राउ

संसदमा नागरिकता विधेयक पारित भए के के परिवर्तन होलान् ?



काठमाडौँ । प्रतिनिधिसभाको शुक्रबारको कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐनको संशोधन विधेयक पारित गर्न बैठकमा पेस गर्ने उल्लेख छ । सम्भवतः प्रतिनिधिसभाको आजकै बैठकले सो विधेयक पारित गर्नेछ ।

सरकारले ल्याएको नागरिकता ऐनको संशोधन विधेयक पारित भए विशेषगरेर तीनवटा परिवर्तन हुनेछ । संशोधन विधेयकअनुसार जन्मसिद्धका सन्तानले नागरिकता पाउनेछन् ।

दोस्रो आमाको नामबाट पनि नागरिकता पाइने छ । र तेस्रो विधेयकले गैरआवासीय नेपाली नागरिकता प्राप्त मार्ग प्रशस्त गर्नेछ ।

विधेयकले जन्मको आधारमा नागरिकता पाएका (जन्मसिद्ध नागरिक) का सन्तानलाई नागरिकता प्राप्त गर्न सहज बनाएको छ । विसं २०४६ चैत मसान्तभित्र नेपालमा जन्म भई नेपालमा स्थायी बसोबास गर्ने व्यक्तिलाई यसअघि जन्मको आधारमा नागरिकता दिइएको थियो ।

तर जन्मसिद्ध नागरिकता पाएका नागरिकको सन्तानलाई वंशजका आधारमा नागरिकता दिने व्यवस्था वर्तमान संविधानमा भए पनि कानूनको अभावमा त्यस्ता सन्तानले नागरिकता पाउन सकेका थिएनन् । अब विधेयक पारित भए उनीहरुले पनि नागरिकता पाउने छन् ।

विधेयकमा आमाको नामबाट नागरिकता पाउनका लागि चारवटा शर्त अगाडि सारिएको छ । आमा नेपालको नागरिक भएको हुनुपर्ने, नेपालमै बसोबास गरेको हुनुपर्ने, बाबुको पहिचान हुन नसकेको र बाबुको पहिचान हुन नसकेको भन्दै स्वघोषणा गर्ने व्यक्तिले आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्था विधेयकमा छ । नागरिकता लिने व्यक्ति वा उसको आमाले बाबुको पहिचान हुन नसकेको स्वघोषणा गर्नु पर्नेछ ।

नेपालको नागरिकतासम्बन्धी ऐन, २०६३ मा कुनै व्यक्तिको जन्म हुँदा निजका बाबु वा आमा नेपालको नागरिक भएको अवस्थामा वंशजको नागरिकता प्राप्त गर्न व्यवस्था भए पनि सरकारले यसलाई कार्यान्वयन गरेको थिएन । संसद्मा प्रस्तुत विधेयकमा आमाको नामबाट मात्र नागरिकता पाउन बाबुको पहिचान नभएको हुनुपर्ने व्यवस्था गरेको छ ।

यद्यपि बाबुको पहिचान हुन नसकेको भनी स्वघोषणा गरी वंशजको नागरिकता लिएका व्यक्तिको बाबु विदेशी भएको ठहरिएमा उक्त नागरिकता रद्द हुनेछ । संविधानमा नेपाली महिला नागरिकले विदेशी पतिबाट जन्माएका सन्तानले अंगीकृत नागरिकता पाउने व्यवस्था गरेकाले सो अवस्थामा उसले अंगीकृत नागरिकता भने पाउने छ ।

गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न विदेशमा रहेका कुनै पनि नपालीका बाबु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण पुर्याउनु पर्नेछ । यद्यपि सार्क मुलुकमा रहेका र बसोबास गरेका नागरिकहरुले यस्तो नागरिकता प्राप्त गर्न सक्ने छैनन् ।