१९ भाद्र २०८३, शुक्रबार
,
Latest
सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनी रक्षामन्त्रीले नागरिकहरूलाई भने – रुसी सेनाको चालमा नजर राख्नुहोस्



अ+ अ-

एजन्सी । युक्रेनमा रुसको आक्रमण शुक्रबार पनि लगातार जारी छ । युक्रेनको राजधानी कीभमा बिहान ७ वटा ठूला विस्फोट गराइएको छ । 

मानिसहरू रातदेखि घर, सबवे, भूमिगत आश्रयमा लुकेर बसेका छन् । खाद्यान्नदेखि दैनिक उपभोग्य वस्तुको अभाव बनेको छ ।

युक्रेनको रक्षा मन्त्रालयले नागरिकहरूलाई रुसी सैन्य उपकरणको आवतजावतबारे अद्यावधिक रहन आग्रह गरेको छ । साथै उनीहरुमाथि पेट्रोल बम प्रहार गर्न पनि भनेको छ । 

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेना राजधानीमा प्रवेश गरेको दाबी गरेका छन् । रूसी ट्याङ्कहरू यहाँबाट मात्र ३२ किलोमिटर मात्र टाढा छन्। 

तिनीहरूलाई रोक्न, युक्रेनी सेनाले तीनवटा पुलहरू उडाएको बताइएको छ। जेलेन्स्कीले आगामी ९६ घण्टा अर्थात ४ दिनमा किभलाई रुसले कब्जामा लिने आशंका गरेका छन् । रुसी सेनाले आवासीय क्षेत्रलाई निशाना बनाएको उनी बताउँछन् । उनले रुसी नागरिकलाई यस युद्धको विरोध गर्न अपिल गरेका छन् ।