११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलाई ट्रोल गरेर भान्सा सस्तो हुन्छ भने शुभकामना– प्रदीप ज्ञवाली (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले महँगीका विषयमा आफूले बोलेको कुरालाई ट्रोल बनाइएको भन्दै असन्तुष्टि प्रकट गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले सार्वजनिक कार्यक्रममा आफूले महँगीबो विषयमा बोल्दा अमेरिकामा खाना खाइरहेको फोटो हालेर ट्रोल बनाइएकोप्रति असन्तुष्टि प्रकट गरेका हुन् ।

यही साउन २ गते एमालेको उपभोक्ता हित संरक्षण विभागले आयोजना गरेको कार्यक्रममा पूर्वमन्त्रीसमेत रहेका ज्ञवालीले महँगी अचाक्ली बढेको भन्दै आफू पूर्वमन्त्री भएर पनि घरमा दुई थरी तरकारी पकाएर खान सक्ने अवस्थामा नभएको बताउनुभएको थियो ।

उहाँको सो भनाइ आएलगत्तै सामाजिक सञ्जालहरुमा उहाँले खाना खाइरहेको फोटो सार्वजनिक गर्दै उहाँमाथि व्यङ्ग्य गरिएको थियो ।

सत्तारुढ तलका कतिपय नेता कार्यकर्ता महँगी समस्या भन्ने स्वीकार नगरेर आफ्नो फोटो हालेर ट्रोल बनाउनेतिर लागेको भन्दै उहाँले भन्नुभयो, “मैले यही विषय अस्ति उठाएको थिएँ, साथीहरुले मैले अमेरिकामा खाना खाइरकेको फोटो छापेर दुईथरी तरकारीको कुरा गर्नुभयो । त्यसो गरेर उहाँहरुको भान्सा सस्तो हुन्छ भने मेरो शुभकामना छ ।”