१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैले अमेरिकामा खाना खाइरहेको फोटोलाई ठूलै ‘हतियार’ बनाइयो– प्रदीप ज्ञवाली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले आफूले अमेरिकामा एक गाउँले भाइको घरमा खाना खाइरहेको फोटोलाई ठूलै हतियार बनाइएको टिप्पणी गर्नुभएको छ ।

पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले केही दिनअघि महँगी अचाक्ली बढेको भन्दै ‘म जस्तो पूर्वमन्त्रीले समेत दुई थरी तरकारी खान सोच्नुपर्ने भएको छ’ भनेर व्यक्त गर्नुभएको विचारप्रति सामाजिक सञ्जाल फेसबुकमा उहाँले अमेरिकामा खाना खाइरहेको फोटो भाइरल भएपछि उहाँले सो टिप्पणी गर्नुभएको हो ।

फेसबुकमा उहाँले सोही फोटोप्रति टिप्पणी गर्दै ठूलो हतियार बनाइएको बताउनुभयो । उहाँले भन्नुभएको छ, “बढ्दो महङ्गीले नियमित आम्दानी हुने हामीहरूलाई त प्रभावित गरिरहेको छ भने निरपेक्ष गरिबीको रेखामुनि रहेका, असङ्गठित क्षेत्रमा काम गर्नेहरू र न्यूनतम ज्याला समेत नपाउनेहरूलाई कति मार परिरहेको होला ? मेरो प्रश्न यही थियो। तर केही साथीहरूलाई यसले पनि बिझाएछ ।”

“अनि, सन् २०१८ सेप्टेम्बर ३० मा डालास, अमेरिका पुगेको बेला गाउँका भाइ भरत ज्ञवालीको घरमा खाना खाइरहेको फोटोलाई ठूलै ‘हतियार’ बनाउनु भएछ”, उहाँले भन्नुभएको छ, “साथीहरूको जय होस् ! महङ्गी यहाँहरूको छेउछाउमा ढिम्कनै नपाओस् ! सधैँ सुखी रहनुहोस् !”