• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन ★   कान्तिपुरका अध्यक्ष सिरोहियालाई नियन्त्रणमा लिन प्रहरी कान्तिपुरको कार्यालयमा ★   अक्षय कुमारले गरे पत्नी ट्वींकलको तारिफ ★   कोठाभाडा तिर्न नसक्दा कृष्णले मृत्युको बाटो रोजे ★   खेलकुदमन्त्री श्रेष्ठको शेयरमा एक करोड बढी लगानी

मैले अमेरिकामा खाना खाइरहेको फोटोलाई ठूलै ‘हतियार’ बनाइयो– प्रदीप ज्ञवाली



काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले आफूले अमेरिकामा एक गाउँले भाइको घरमा खाना खाइरहेको फोटोलाई ठूलै हतियार बनाइएको टिप्पणी गर्नुभएको छ ।

पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले केही दिनअघि महँगी अचाक्ली बढेको भन्दै ‘म जस्तो पूर्वमन्त्रीले समेत दुई थरी तरकारी खान सोच्नुपर्ने भएको छ’ भनेर व्यक्त गर्नुभएको विचारप्रति सामाजिक सञ्जाल फेसबुकमा उहाँले अमेरिकामा खाना खाइरहेको फोटो भाइरल भएपछि उहाँले सो टिप्पणी गर्नुभएको हो ।

फेसबुकमा उहाँले सोही फोटोप्रति टिप्पणी गर्दै ठूलो हतियार बनाइएको बताउनुभयो । उहाँले भन्नुभएको छ, “बढ्दो महङ्गीले नियमित आम्दानी हुने हामीहरूलाई त प्रभावित गरिरहेको छ भने निरपेक्ष गरिबीको रेखामुनि रहेका, असङ्गठित क्षेत्रमा काम गर्नेहरू र न्यूनतम ज्याला समेत नपाउनेहरूलाई कति मार परिरहेको होला ? मेरो प्रश्न यही थियो। तर केही साथीहरूलाई यसले पनि बिझाएछ ।”

“अनि, सन् २०१८ सेप्टेम्बर ३० मा डालास, अमेरिका पुगेको बेला गाउँका भाइ भरत ज्ञवालीको घरमा खाना खाइरहेको फोटोलाई ठूलै ‘हतियार’ बनाउनु भएछ”, उहाँले भन्नुभएको छ, “साथीहरूको जय होस् ! महङ्गी यहाँहरूको छेउछाउमा ढिम्कनै नपाओस् ! सधैँ सुखी रहनुहोस् !”