२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट प्रकरण: संसदीय छानबिन समितिको समयसीमा थपिँदै



अ+ अ-

काठमाडौँ । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता विषयमा गठित विशेष संसदीय छानबिन समितिको समयसीमा थप्ने तयारी भएको छ । समितिको समयसीमा बिहीबार सकिँदैछ ।

छानबिनमा १० दिनको समय अपुग भएका भन्दै समितिका सभापति लक्ष्मणलाल कर्णले समयसीमा थपको प्रक्रिया अघि बढाइएको बताउनुभयो ।

छानबिनको निम्ति अझै काम बाँकी रहेको भन्दै उहाँले छानबिनलाई निष्कर्षमा पुर्‍याउन आवश्यक समय थपका लागि सभामुखसमक्ष आग्रह गरिएको जानकारी दिनुभयो ।

समयसीमा थपका लागि समितिको सिफारिस अनुसारको प्रस्ताव सभामुखले संसद्मा निर्णायार्थ पेश गर्नुपर्नेछ। संसद्ले प्रस्ताव पारित गरेपछि समितिको म्याद थप हुनेछ।

समितिले बिहीबार बिहानसम्म कर्मचारी, पत्रकार र पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग छलफल गरिसकेको छ । समितिले अर्थ मन्त्रालयका सचिवद्वय मधुकुमार मरासिनी र कृष्णहरि पुष्करलगायतका कर्मचारी र करको दर हेरफेरका लागि अनधिकृत व्यक्तिलाई मन्त्रालय प्रवेश गराएको भन्ने समाचार लेख्ने पत्रकारसँग समितिले छलफल गरिसकेको छ ।