५ असार २०८३, शुक्रबार
,
Latest
कक्षा १२ को नतिजा सार्वजनिक प्रदेश बजेटमा कञ्चनपुरको खेलकुदः मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री यादव नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाले मनोनित गर्यो थप ५३ केन्द्रीय सदस्य



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ले थप ५३ जना केन्द्रीय सदस्य मनोनित गनुभएको छ । यसअघि पनि केन्द्रीय सदस्य मनोनित गर्दै आउनुभएको अध्यक्ष लिङ्देनले पार्टीको विधानअनुसार थप ५३ केन्द्रीय सदस्य मनोनित गर्नुभएको हो ।

पछिल्लो संख्यासँगै राप्रपामा केन्द्रीय सदस्यको संख्या २४३ पुगेको छ । पार्टीको विधानमा केन्द्रीय सदस्य संख्या २९९ रहने उल्लेख छ ।

राप्रपाको आज बस्ने केन्द्रीय समितिको बैठकअघि नै अध्यक्ष लिङ्देनले मनोनित केन्द्रीय सदस्यहरुलाई शपथ ग्रहण गराउनुभएको छ ।

आज मनोनित भएका केन्द्रीय सदस्यहरुमा रामचन्द्र राय, तोरण गुरुङ, उद्धव पौडेल, चन्द्रबहादुर गुरुङ, दिपक सिंह, जयलाल पुन, प्रेम श्रेष्ठ, राजकुमार पोखरेल, भरतजंग उप्रेती, विनोद भारती, गुणराज राजभण्डारी, ईन्द्रबहादुर खत्री, लक्ष्मी संग्रौला, पर्शुराम तामाङ लगायत ५३ जना रहेका छन् ।