७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस देउवा निवास महाराजगञ्जमा ओली ‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाले मनोनित गर्यो थप ५३ केन्द्रीय सदस्य



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ले थप ५३ जना केन्द्रीय सदस्य मनोनित गनुभएको छ । यसअघि पनि केन्द्रीय सदस्य मनोनित गर्दै आउनुभएको अध्यक्ष लिङ्देनले पार्टीको विधानअनुसार थप ५३ केन्द्रीय सदस्य मनोनित गर्नुभएको हो ।

पछिल्लो संख्यासँगै राप्रपामा केन्द्रीय सदस्यको संख्या २४३ पुगेको छ । पार्टीको विधानमा केन्द्रीय सदस्य संख्या २९९ रहने उल्लेख छ ।

राप्रपाको आज बस्ने केन्द्रीय समितिको बैठकअघि नै अध्यक्ष लिङ्देनले मनोनित केन्द्रीय सदस्यहरुलाई शपथ ग्रहण गराउनुभएको छ ।

आज मनोनित भएका केन्द्रीय सदस्यहरुमा रामचन्द्र राय, तोरण गुरुङ, उद्धव पौडेल, चन्द्रबहादुर गुरुङ, दिपक सिंह, जयलाल पुन, प्रेम श्रेष्ठ, राजकुमार पोखरेल, भरतजंग उप्रेती, विनोद भारती, गुणराज राजभण्डारी, ईन्द्रबहादुर खत्री, लक्ष्मी संग्रौला, पर्शुराम तामाङ लगायत ५३ जना रहेका छन् ।