११ बैशाख २०८२, बिहीबार
April 24, 2025 Thursday
Latest
पाँच सामुदायिक वनमा जिप सफारी सिद्धान्त लोहनीको उपचारमा क्यानको सहयोग भारतबाट उत्पन्न हुने कुनै पनि खतरा प्रति कडा र उपयुक्त प्रतिक्रिया दिइनेछ : पाकिस्तान नवनियुक्त शिक्षामन्त्रीद्वारा पदबहाली ‘अधिकार संरक्षणका लागि सबै राजनीतिक दल एकै ठाउँमा आउनुपर्छ’ मधेस प्रिमियर लिगको उपाधि मिथिला वारियर्सलाई ‘गुणस्तरीय पूर्वाधार निर्माणमा जोड दिन आवश्यक’ युवाले देश बनाउने सङ्कल्प गर्नुपर्दछ, सङ्कल्पलाई साकार पार्नुपर्दछ–प्रधानमन्त्री किएभमा रुसी क्षेप्यास्त्र हमलामा ९ जनाको मृत्यु, ६३ घाइते संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा सर्वोच्च अदालतले डिल गरिरहेको छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवामा ट्राफिक प्रहरीको निगरानी बढ्दै



अ+ अ-

रसुवा । पासाङल्हामु मार्गको रसुवा खण्डमा सवारी नियम उलङ्घन गर्ने चालकको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको छ । रसुवागढी नाका केन्द्रित अधिकांश सवारी साधनले यातायात कार्यालयको अनुमति निलिने, ब्लुबुकलगायत महत्वपूर्ण कागजाँच साथमा नबोक्नेजस्ता समस्या बढ्दै गएको र इजाजत नपाएका व्यक्तिले समेत सामान्य सिकाइको भरमा कन्टेनरका डिब्बा गुढाएको पाइएकाले ट्राफिक प्रहरीले निगरानी बढाएको हो

सवारी नियमको पूर्ण कार्यान्वयन एवं मापदण्ड पालना गराउन ट्राफिक प्रहरी सक्रिय रहेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा काठमाडौँबाट रसुवा प्रवेश गरेका पाँच हजार ८२६ साना ठूला सवारीसाधन कारबाहीमा परेका थिए ।सवारी नियम पूर्णरूपमा पालना गराउन ट्राफिक प्रहरीले चालक एवं सवारी धनीलाई सचेत गराउनका साथै घटनाको प्रकृति अनुसार गत आर्थिक वर्षमा जरिवानाबापत रू ६२ लाख ३७ हजार ५०० असूलगरिएको जिल्ला ट्राफिक इन्चार्ज उज्जलकुमार घलेले बताउनुभयो ।

गतवर्ष साना ठूला १५ वटा सवारीसाधन दुर्घटना हुँदा दुई महिला र दुई पुरूषको निधन भएको थियो । इजाजत बेगरको व्यक्तिलाई सवारीसाधन नदिन, हेलमेट तथा सिटबेल्ट अनिवार्य प्रयोग गर्न, आफ्ना सवारीसाधन समय समयमा जाँच गराई मौसम विचार गरेर मात्र सञ्चालन गर्न आग्रह गरिएको उहाँले जानकारी दिनुभयोे ।