६ श्रावण २०८३, बुधबार
,
Latest
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवामा ट्राफिक प्रहरीको निगरानी बढ्दै



अ+ अ-

रसुवा । पासाङल्हामु मार्गको रसुवा खण्डमा सवारी नियम उलङ्घन गर्ने चालकको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको छ । रसुवागढी नाका केन्द्रित अधिकांश सवारी साधनले यातायात कार्यालयको अनुमति निलिने, ब्लुबुकलगायत महत्वपूर्ण कागजाँच साथमा नबोक्नेजस्ता समस्या बढ्दै गएको र इजाजत नपाएका व्यक्तिले समेत सामान्य सिकाइको भरमा कन्टेनरका डिब्बा गुढाएको पाइएकाले ट्राफिक प्रहरीले निगरानी बढाएको हो

सवारी नियमको पूर्ण कार्यान्वयन एवं मापदण्ड पालना गराउन ट्राफिक प्रहरी सक्रिय रहेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा काठमाडौँबाट रसुवा प्रवेश गरेका पाँच हजार ८२६ साना ठूला सवारीसाधन कारबाहीमा परेका थिए ।सवारी नियम पूर्णरूपमा पालना गराउन ट्राफिक प्रहरीले चालक एवं सवारी धनीलाई सचेत गराउनका साथै घटनाको प्रकृति अनुसार गत आर्थिक वर्षमा जरिवानाबापत रू ६२ लाख ३७ हजार ५०० असूलगरिएको जिल्ला ट्राफिक इन्चार्ज उज्जलकुमार घलेले बताउनुभयो ।

गतवर्ष साना ठूला १५ वटा सवारीसाधन दुर्घटना हुँदा दुई महिला र दुई पुरूषको निधन भएको थियो । इजाजत बेगरको व्यक्तिलाई सवारीसाधन नदिन, हेलमेट तथा सिटबेल्ट अनिवार्य प्रयोग गर्न, आफ्ना सवारीसाधन समय समयमा जाँच गराई मौसम विचार गरेर मात्र सञ्चालन गर्न आग्रह गरिएको उहाँले जानकारी दिनुभयोे ।