५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

झाँक्री नाच्ने अनौठो मेला



अ+ अ-

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका १ लुकुम गाउँमा झाँक्री नाच मेलाको रौनकता सुरु भएको छ। मंगलबारदेखि सुरु भएको झाँक्री नाच आगामी शनिबारसम्म चल्ने बताइएको छ।

लुकुममा हरेक वर्षको साउने संक्रान्तीमा झाँक्री नाच नाचिन्छ। झाँक्री नाचलाई ‘राके तिवार’ अर्थात् ‘झाँक्री राम’ पनि भनिन्छ। साउने संक्रान्तीलाई मगर बाहुल्य क्षेत्रमा तिवार र राँके पर्वको रुपमा भव्य रुपले मान्ने गर्दछन्। यसै अवसर पारेर लुकुम गाउँमा हरेक वर्षको साउन महिनाको पहिलो हप्तामा पर्ने मंगलबार र शनिबारमा जुन बार पहिला पर्छ, त्यसै बारदेखि सबै थरका झाँक्रीहरू मिलेर झाँक्री मेला मान्ने गर्दछन्।

स्थानीय मगर सांस्कृतिक अभियान्ता तिलक मगरका अनुसार यो चलन लामो समयदेखि चल्दै आएको छ। झाँक्रीहरूले एक अर्काको ग्रहदशा हेराहेर गर्ने गर्दछन् भने गाउँका युवायुवती, राम्चेहरू (मेला हेर्नेहरु) र झाँक्रीका चुन्मी (सहयोगी) वा भान्जका बीचमा एकअर्कालाई सिस्नो हानाहान गरेर रमाइलो गर्ने परम्परा रहेको स्थानीय सुनिल रोकाले बताउनुभयो।


राजु लामिछाने/ गोरखापत्र